News Category 2071/08/25
खेलकुद अध्यक्ष गुप्ताको अन्त्यष्टि खेलकुदद्वारा दुःख व्यक्त
दैनिक संवाददाता
राजविराज, २४ मंसिर ।
जिल्ला खेलकुद विकास समिति सप्तरीका अध्यक्ष दशरथ प्रसाद गुप्ताको बुधबार अन्त्यष्टि गरिएको छ ।
गुप्ताको शवमा बुधबार नेकपा एमालेका जिल्ला अध्यक्ष गोविन्द न्यौपानेले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली दिनुभयो । सो अवसरमा पार्टीका जिल्ला स्तरिय नेता तथा कार्यकर्ताहरु समेतको उपस्थिति रहेको थियो ।
यसैबिच सप्तरी जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण मण्डलले विज्ञप्ती प्रकाशन गरी अध्यक्ष गुप्ताको निधनप्रति शोक ब्यक्त गर्नुभएको छ । हस्ताक्षरित विज्ञप्तीमा स्व. गुप्ता जिल्ला खेलकुद विकास विस्तार गर्ने कार्यमा निकै सक्रिय भुमिका निर्वाह गर्नुभएको जनाउँदै उहाँको निधनले खेलकुद क्षेत्रमा अपुर्णिय क्षति भएको उल्लेख गरिएको छ ।
साथै विज्ञप्तीमा उहाँको आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारप्रति सम्वेदना प्रकट गरिएको छ ।
त्यसैगरी जिल्ला जुडो संघका अध्यक्ष नवनित झाले विज्ञप्ती जारी गर्दै गुप्ताको निधनले जिल्लाको खेलकुदको विकासमा अपुर्णिय क्षति भएको भन्दै शोकाकुल परिवारप्रति सम्वेदना व्यक्त गर्नुभएको छ ।
५२ वर्षिय अध्यक्ष गुप्ताको सप्तरीको राजविराज नगरपालिका ८ स्थित आफ्नै निवासमा मंगलबार दिउँसो हृदयघातबाट निधन भएको थियो ।
स्व. गुप्ता विगत पाँच वर्षदेखी जिल्ला खेलकुद विकास समिति सप्तरीको अध्यक्ष पदमा रहेर काम गरिरहनु भएको थियो । उहाँको श्रीमती, एक छोरा र एक छोरी छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ