News Category 2071/08/26
एउटै परिवारमा ६ जना अपाङ्ग राज्यबाट पाउने सम्पूर्ण सेवा सुविधाबाट बञ्चित
नवीनकुमार गुप्ता
राजविराज, २५ मंसिर ।
सुन्दा आश्चर्य लाग्छ, तर कुरा बास्तविक हो । सप्तरीको गम्हरिया प्रवाहा गाविस वडा न. ४ स्थित एउटा परिवारमा ६ जना अपाङ्गता भएका ब्यक्तिहरु रहेका छन् ।
स्थानीय स्व.बौकु मण्डलका दुई छोरा, दुई बुहारी, एक छोरी र एक नाति अपाङ्ग रहेका छन् । ६ जनामध्ये पाँच जना दृष्टिविहिन छन् भने एक जना शारीरिक अपाङ्ग छन् ।
स्व.बौकु मण्डलका छोराहरु शम्भु मण्डल र उनका श्रीमति जयकला देवी मण्डल दृष्टिबिहीन, अर्का छोरा शिब नारायण मण्डल दृष्टिबिहीन र उनका श्रीमति गिता देवी मण्डल शारिरीक अपाङ्ग तथा उनका दुई वर्षिय छोरा र स्व. मण्डलको एक छोरी दृष्टिविहिन छिन् ।
सिङ्गो परिवारनै अपाङ्गता भएका कारण ती परिवारले राज्यबाट पाउने सम्पूर्ण सेवा समेत पाउन सकिरहेका छैनन् ।
दृष्टिबिहीन रहेका शिव नारायण मण्डलले भन्नुभयो, “आफू तीनैजना श्रीमान, श्रीमती र छोरा दृष्टिबिहीन छौं, हामीहरुलाई दैनिक कार्य गर्न अत्यन्त कठिनाई भइरहे पनि दैनिकी काम गर्न बानि बसिसक्यो ।” उहाँ थप्नुहुन्छ, “म, मेरो श्रीमती र एक छोरा दृष्टिबिहीन छौं तर, एक छोरा अपाङ्ग छैन् हाम उसको उज्जवल भवियष्को सपनाप्रति चिन्तित छौं ।”
हालै सपोर्ट नेपालको सहयोगमा सप्तरी सामुदायिक विकास केन्द्र, नेपाल राजविराजले अपाङ्गता भएका ब्यक्तिहरुको दर्ता अभियान सञ्चालन गरेपछि ती परिवारको अपाङ्गताको बारेमा सार्वजनिक भएको हो ।
एउटै परिवारका सम्पूर्ण सदस्यहरु अपाङ्ग भएपछि उनीहरुलाई घरगृहस्ति चलाउन धौं धौं भइरहेको गाविसका सामाजिक परिचालक शिवशंकर मेहताले बताउनुभयो ।
उनीहरुले दर्ता अभियानको समयमा आफ्नो परिवारको अपाङ्गता बारे जानकारी दिएको र पहल भइरहेको सामाजिक परिचालक मेहताको भनाई छ ।
यता सप्तरी सामुदायिक विकास केन्द्रका अध्यक्ष शम्भुनन्द चौधरीले अपाङ्गता भएका परिवारलाई राज्यबाट पाउने सम्पूर्ण सेवा सुविधाहरु उपलब्ध गराउने कार्यमा लागि परेको जानकारी दिनुभयो ।
हालसम्म सप्तरीमा तीन हजार ७ सय ८२ जनाले अपाङ्गता परिचाय पत्र पाएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ