News Category 2070/03/24
कठौना–पातो सडक खण्डमा यातायात आवागमन बन्द
दैनिक संवाददाता
राजविराज, २३ असार ।
सडक जिर्ण भई दुर्घटनाको सम्भावना बढेपछि सप्तरीको कठौना–पातो सडक खण्डमा बिगत एकसातादेखि यातायातका साधनहरु आवागमन ठप्प रहेको छ ।
करिब ३० बर्षअघि ग्राभेल गरिएको उक्त सडकको बिभिन्न स्थानमा खाल्डो खुल्डी भएर पानी जमेपछि यातायात सञ्चालनमा अवरोध पुगेको हो ।
दर्जनौ ठाउँमा सडक भत्केपनि लामो समयदेखि मर्मत नहुँदा सडकको अवस्था जिर्ण बन्दै गएको र दुर्घटनाको जोखिम बढ्दै गएको छ । सडकको जर्जर भएपछि सो सडकमा हाल यातायातका साधनहरुको आवागमन बन्द भएको छ ।
दैनिक १० वटा सम्म यात्रुबाहक बसहरु र दर्जनौ मालवाहक ट्रकहरु सञ्चालन हुने गरेपनि सडक बिग्रिएर दुर्घटना हुने सम्भावना बढेकोले बिगत एक सातादेखि सो सडकमा कुनै पनि ठुला सवारी साधनहरु सञ्चालन हुन सकेको छैन् ।
उक्त सडकमा अहिले फाटफुट रुपमा मोटरसाईकल र साईकल मात्र चल्ने गरेको स्थानियबासीहरुले बताएका छन् ।
बाटो बिग्रिएर सडकमा यातायातका साधनहरु सञ्चालन हुन नसक्दा सो क्षेत्रका यात्रुहरुलाई समस्या भएको छ ।
यातायातका साधनहरु सञ्चालन नहुदाँ सो क्षेत्रका पातो, कबिलासा, ब्रहमपुर, औरही, तरही, भुतही लगायतका दुई दर्जन भन्दा बढी गाविसका यात्रुहरुलाई यात्रा गर्न कठिनाई भईरहेको छ ।
कठौनादेखि पातोसम्मको करिब २० किलो मिटर उक्त ग्राभेल सडकको ठाउँ ठाउँमा खाँल्डा खुल्डी भएको भन्दै यातायातका साधनहरु सञ्चालन नभएपछि सो क्षेत्रका यात्रुहरुलाई पुर्वपश्चिम राजमार्गसम्म वा अन्यत्र पुग्न समस्या भईरहेको स्थानीयहरु बताउँछन् ।
बाटोका कारण बस सञ्चालनमा अवरोध भएकाले काम बिशेषले सदरमुकाम राजविराज सम्म आउनलाई समेत समस्या भएको उनीहरुको भनाई छ ।
भारतीय सिमाबर्ती नजिककै रहेको पातो बजारमा मालसमान ओसार पोसार गर्न दैनिक दर्जनौ ट्रकहरु सो सडकमा सञ्चालन हुन्थ्यो, तर अहिले त्यो पनि बन्द भएको स्थानीयहरुको भनाई छ ।
सडकभरी रहेको खाँल्डोहरुका कारण गाडी चलाउन कठिनाई भएर बस सञ्चालन ठप्प पारेको बस चालकहरु बताउनुहुन्छ ।
सडकभरी रहेको खाँल्डा खुल्डीमा बस दुर्घटना हुने सम्भावना हुन्छ, यस्तो अवस्थामा बस कसरी सञ्चालन गर्नु, त्यसैले जोखिमपुर्ण रुपमा गाडी चलाउनु भन्दा नचलाउनु नै ठीक हो भनेर बस थन्काएको चालकहरुको भनाई छ ।
सडकको अवस्थामा सुधार नआएसम्म उक्तसडकमा बस सञ्चालन गर्ने चालकहरुको कथन छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ