News Category 2080/02/06
प्रहरीको सचेतनामूलक अभियान सकारात्मक प्रयास
विपत सम्बन्धी जिल्लामा प्रहरीले दिनहुँजसो सचेतनामूलक अभियान संचालन गर्दै आइरहेको छ । जिल्लामा खासगरि अहिलेको समयमा आगलागि, आत्महत्या, सवारी दुर्घटना जस्तो घटना भइरहेकोले यस्ताप्रति सचेतना जगाउन प्रहरी लागि परेको छ । जिल्लाको १८ वटै पालिकामा प्रहरीले यस्ता अभियानलाई तिब्रता दिनु सकारात्मक पक्ष हो । तर, सचेतनाले मात्र नभएर मानिसहरु यसप्रति आफै पनि सचेत हुनु आवश्यक छ । प्रहरीको एकल प्रयासले यस्ता घटना दुर्घटना नियन्त्रण हुन सक्दैन् । यसका लागि समाजका अगुवा तथा परिवारका सदस्यहरु पनि यस्ता अभियानलाई बुझेर आफैबाट सुरुवात गर्न सके मात्र अभियानले सकारात्मक परिणाम ल्याउन सक्छ ।
जिल्लामा अहिले आत्महत्याको घटना बढ्दो छ । यसका लागि प्रहरीले सचेतना गराउँदै हिडेर हुँदन् । प्रहरीले आफ्नो कर्तव्य पुरा गर्ने भएकोले यसका लागि समुदायले पनि यस्ता कार्यक्रमलाई गम्भिरतापूर्वक सहभागिता जनाएर परिवारका सम्पूर्ण सदस्यलाई बुझाउन सके मात्र यसको उपलब्धी मान्न सकिन्छ । प्रत्येकले आफ्नो परिवारमा यस्ता घटनाहरुप्रति सचेतना गराउन सके सिंगो समाज यसबाट लाभाञ्वित हुने विश्वास गर्न सकिन्छ । यस्तौ आगलागिका घटना बारे पनि सानो कुरामा सचेत पु¥याउन सके पक्कै पनि यस्ता घटना हुनबाट बचाउन सकिन्छ । त्यस्तै सवारी दुर्घटनामा पनि गम्भिरतापूवर्क होस पु¥याउन सकिए यो पनि नियन्त्रण हुन सक्छ ।
तसर्थ माथि उल्लेखीत घटनाहरु प्रति समाजका हरेक व्यक्ति गम्भिर हुन सके पक्कै पनि प्रहरी गरिरहेको दुर्घटना न्युनिकरणको सचेतनामूलक प्रयासले सकारात्मक परिणाम ल्याउन सक्छ । यसर्थ आजैदेखी यस्ता घटनाहरु प्रति समाजमा सचेतना दिन अग्रहस होऔं ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ