News Category 2080/02/06
प्रहरीको सचेतनामूलक अभियान सकारात्मक प्रयास
विपत सम्बन्धी जिल्लामा प्रहरीले दिनहुँजसो सचेतनामूलक अभियान संचालन गर्दै आइरहेको छ । जिल्लामा खासगरि अहिलेको समयमा आगलागि, आत्महत्या, सवारी दुर्घटना जस्तो घटना भइरहेकोले यस्ताप्रति सचेतना जगाउन प्रहरी लागि परेको छ । जिल्लाको १८ वटै पालिकामा प्रहरीले यस्ता अभियानलाई तिब्रता दिनु सकारात्मक पक्ष हो । तर, सचेतनाले मात्र नभएर मानिसहरु यसप्रति आफै पनि सचेत हुनु आवश्यक छ । प्रहरीको एकल प्रयासले यस्ता घटना दुर्घटना नियन्त्रण हुन सक्दैन् । यसका लागि समाजका अगुवा तथा परिवारका सदस्यहरु पनि यस्ता अभियानलाई बुझेर आफैबाट सुरुवात गर्न सके मात्र अभियानले सकारात्मक परिणाम ल्याउन सक्छ ।
जिल्लामा अहिले आत्महत्याको घटना बढ्दो छ । यसका लागि प्रहरीले सचेतना गराउँदै हिडेर हुँदन् । प्रहरीले आफ्नो कर्तव्य पुरा गर्ने भएकोले यसका लागि समुदायले पनि यस्ता कार्यक्रमलाई गम्भिरतापूर्वक सहभागिता जनाएर परिवारका सम्पूर्ण सदस्यलाई बुझाउन सके मात्र यसको उपलब्धी मान्न सकिन्छ । प्रत्येकले आफ्नो परिवारमा यस्ता घटनाहरुप्रति सचेतना गराउन सके सिंगो समाज यसबाट लाभाञ्वित हुने विश्वास गर्न सकिन्छ । यस्तौ आगलागिका घटना बारे पनि सानो कुरामा सचेत पु¥याउन सके पक्कै पनि यस्ता घटना हुनबाट बचाउन सकिन्छ । त्यस्तै सवारी दुर्घटनामा पनि गम्भिरतापूवर्क होस पु¥याउन सकिए यो पनि नियन्त्रण हुन सक्छ ।
तसर्थ माथि उल्लेखीत घटनाहरु प्रति समाजका हरेक व्यक्ति गम्भिर हुन सके पक्कै पनि प्रहरी गरिरहेको दुर्घटना न्युनिकरणको सचेतनामूलक प्रयासले सकारात्मक परिणाम ल्याउन सक्छ । यसर्थ आजैदेखी यस्ता घटनाहरु प्रति समाजमा सचेतना दिन अग्रहस होऔं ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ