News Category 2071/08/29
जिल्लाको पुरानो विद्यालय पविउमावि अब इन्टरनेटमा
दैनिक संवाददाता
राजविराज, २८ मंसिर ।
सप्तरी जिल्लाको सबै भन्दा पुरानो विद्यालय पविमावि (हाल पविउमावि) ले विद्यालयको सम्पूर्ण गतिविधी र सूचना वेवसाइट निर्माण गरि सार्वजनिक गरेको छ ।
भर्खरै निर्माण गरिएको वेवसाइटमा विद्यालयको सम्पूर्ण भौतिक संरचना, शिक्षकहरुको नामावली, भविष्यको योजना लगायत सूचनाहरु www.pbmb.edu.np वेवसाइटमा राखिएको छ । सो वेवसाइटको पहिलो पेजमा विद्यालयका प्रअ स्व. रामचन्द्र झाको शालिक भएको तस्बिर राखिएको छ । जसको उद्घाटन तत्कालिन प्रधानमन्त्रि डा. बाबुराम भट्टराईले गर्नुभएको थियो ।
सामुदायिक विद्यालयतर्फ जिल्लामै पहिलो पविउमाविको वेवसाइट भएको प्राचार्य अरुण कुमार झाले दाबी गर्नुभयो । उहाँले सो वेवसाइट इभेन्ट प्रोजेक्ट र विद्यालयको सहयोगमा निर्माण भएको जानकारी दिँदै निकट भविष्यमै वेवसाइट मार्फत पनि विद्यालयको विभिन्न सूचनाहरु प्रकाशित गर्ने तयारि भइरहेको बताउनुभयो ।
बि.स. २००३ सालमा सामूहिक प्रयासबाट हाईस्कुलको रुपमा अध्यापन प्रारम्भ भएको गरी पब्लिक बिन्देश्वरी माध्यमिक बिद्यालय २०२० सालमा मल्टिपर्पस व्यबसायिक शिक्षा संचालन रहेको र २०२९ सालदेखी व्यबसायिक माध्यमिक बिद्यालय रहेको यस श्री पब्लिक बिन्देश्वर उच्च माध्यमिक बिद्यालयमा बि.स. २०५९ भाद्र महिनादेखी कार्यक्रम प्रारम्भ गरेको वेवसाइटमा उल्लेख छ ।
हाल विद्यालयमा करिब १ हजार विद्यार्थीहरु अध्ययनरत रहेका छन् । विद्यालयमा कक्षा १ देखी १२ सम्म तथा इलेक्ट्रिकल विषयमा २९ महिने सभओभरसियरको पढाई हुनुका साथै समाहित शिक्षा अन्तरगत दृष्टिबिहीनहरुको पढाई भइरहेको प्राचार्य झाले जानकारी दिनुभयो ।
माध्यमिक बिद्यालय स्तरमा ११ जना शिक्षकको दरवन्दी, नि. मा. वि. स्तरमा ७ वटा शिक्षकको दरवन्दी र प्रा. वि. स्तरमा ८ वटा शिक्षकको दरवन्दी रहेको छ । बाल बिकाश शिक्षा अन्र्तगत ३ जना सहजकर्ता र दृष्टिविहिन श्रोत कक्षा तर्फ २ जना सहजकर्ता रहेका छन् । यस विद्यालयमा ना.सु. स्तरका कर्मचारी १ जना तथा कर्मचारी (पियन) को संख्या ६ र स्वीपर १ जना रहेका छन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ