News Category 2071/09/02
कारागारमा मानिस बस्ने अवस्था छैन् ः आयुक्त पाठक
दैनिक संवाददाता
राजविराज, १ पुस ।
राष्ट्रिय मानवअधिकार आयोगका सदस्य सुदिप पाठकलगायत सम्मिलित एक टोलीले मंगलबार राजविराजस्थित सप्तरी कारागारको निरिक्षण गर्नुभएको छ ।
निरिक्षणको क्रममा मानवअधिकार आयोगका आयुक्त सुदिप पाठकले कारागार पूर्ण रुपले जिर्ण भइसकेको अवस्थामा सरकारले अविलम्ब यहाँका कैदीबन्दीलाई नयाँ भवनमा सार्नु पर्ने जानकारी दिनुभएको छ । उहाँले कारागारमा मानव बस्ने अवस्था नै नरेहकोले कुनै पनि बेला भवनमा दुर्घटना समेत हुन सक्ने सम्भावना पनि उत्तिकै रहेको जानकारी दिनुभयो ।
आयुक्त पाठकले एक महिनाको अवधीमा विभिन्न जिल्लामा रहेको करिब २० वटा कारागारको निरिक्षण गरिसकेको बताउनुहुँदै अधिकांश कारागारहरुको अवस्था मध्ये सप्तरी कारागारको अवस्था अत्यन्त नाजुक र संवेदनशिल रहेको बताउनुभयो ।
उहाँले राष्ट्रिय मानवअधिकार आयोगले आउँदो ६ वर्ष भित्र मुलुकको सम्पूर्ण कारागारलाई यातना मुक्त कारागार बनाउने लक्ष्य लिएको जानकारी दिँदै सोही अनुसार मुलुकभरि मानवअधिकार आयोगका विभिन्न टोलीहरु कारागार निरिक्षणका लागि खटिएको उल्लेख गर्नुभयो ।
उहाँले कारागार भित्रका कैदी बन्दीहरुसँग भवनको अवस्था, राज्यले दिएको सेवा सुविधा, सुरक्षा र यातना सम्बन्धि जानकारी लिनुभयो । निरिक्षणका क्रममा कारागार भित्र रहेको लाइबे्ररी, कैदी बन्दी सुत्ने कोठा, शैचालय, खानेपानीलगायतको अवस्था बारे कैदी बन्दीहरुसँग जानकारी लिनुभयो ।
सप्तरी कारागारको निरिक्षण पश्चात् सदस्य पाठकले संचारकर्मीलाई भन्नुभयो, “कारागारमा मानिस बस्ने अवस्था छैन् यसका लागि सरकारलाई हामी चाडो भन्दा चाडो कैदी बैदीलाई नया भवनमा सार्ने सुझाव दिनेछौं ।”
सो अनुगमन टोलीसँगै सप्तरीका प्रमुख जिल्ला अधिकारी बिरेन्द्र कुमार यादव, सप्तरीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक दानसिंह बोहरा, कारागार प्रशासनका कर्मचारीहरु, संचारकर्मीहरु लगायतको उपस्थिती रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ