News Category 2071/09/02
सप्तरी कारागारमा समस्यै समस्या
दैनिक संवाददाता
राजविराज, १ पुस ।
मुलुकमा रहेको अन्य कारागार मध्ये एक पुरानो सप्तरी कारागार विभिन्न समस्याले पिरोलिदै गएको छ । यस कारागारमा भवन, कर्मचारी, जग्गा अतिक्रमण लगायतका अन्य समस्याहरु रहेको छ ।
सप्तरी कारागारमा हाल क्षमता भन्दा दोब्बर कैदी बन्दीहरु रहेका छन् ।
एक सय २५ जना कैदी बन्दीहरुको क्षमता रहेको यस कारागारमा हाल २ सय ५५ जना कैदी बन्दीहरु छन् । दुई ब्लकमा बाडिएको कारागारको ए ब्लकमा १ सय ७९ र बी ब्लकमा ६५ जना कैदी बन्दीहरु रहेका छन् भने ११ जना महिला ब्लकमा कैदी बन्दीहरु रहेको करागार प्रशासनले जनाएको छ ।
वर्षौदेखी जिर्ण रहेको भवनमा कुनै बेला पनि दुर्घटना निम्तििन सक्छ । तर त्यस तर्फ प्रशासनको ध्यान पुग्न सकेको छैन् । कारागार भित्र पटक पटक कैदी बन्दीबीच कुने गरेको झडपका कारण पनि कारागार सुरक्षाको दृष्टिकोणले अत्यन्त संवेदनशिल छ ।
कारागारमा कैदी बन्दी राख्ने समस्या छदैछ तर ती कैदी बन्दीहरुलाई औषधी उपचारको पनि समस्या रहेको छ । समयमा कैदी बन्दीहरुले उपचार नपाउँदा झन बिरामी भइरहेका हुन्छन् । अहिले कारागारमा तीन जना कैदी बन्दीमा आखा सम्बन्धि रोग लागेको छ । तर, कर्मचारीको अभाव र साधनश्रोतको अभावमा उनीहरुलाई स्वास्थ्य परिक्षण गराउन नसकिएको कारागारका जेलर भागवत यादव बताउनुहुन्छ ।
सप्तरी कारागारको जग्गा समेत अतिक्रमणमा परेको छ । जम्मा दुई विगहा १३ कठ्ठा जग्गा रहेको यस कारागारको केही भाग अतिक्रमण भएको हो । कारागारको पूर्व पट्टी घर बनाई सुकुम्वासीहरुले सो जग्गा अतिक्रमण गरेको कारागार प्रशासनले जनाएको छ ।
कारागारका जेलर भागवत यादवले भन्नुभयो, “हामीले पटक पटक कारागरको जग्गा अतिक्रमण सम्बन्धि जिल्ला प्रशासन कार्यालयमा जानकारी गराउँदा समेत कुनै पहल हुन सकेको छैन ।”
जग्गा अतिक्रमण हुँदा कारागार प्रशासनको सुरक्षा चुनौती समेत थपिएको छ । । पटक पटक जग्गा अतिक्रमण भएको समाचार प्रकाशन भए पनि त्यसतर्फ प्रशासनको ध्यान जान सकेको छैन् ।
यस्तै कारागारमा कर्मचारीको अभाव समेत देखिएको छ । ११ जना दरबन्दी रहेको यस कारागारमा अहिले ७ जना कर्मचारी मात्र रहेका छन् । जसले गर्दा कारागारको कामकाज समेत प्रभावित हुने गरेको जनाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ