News Category 2080/02/21
नयाँ नेतृत्वको चयन गर्दै मधेश प्रदेश कबड्ी संघको अधिवेशन सम्पन्न
दैनिक समाचारदाता
राजविराज, २१ जेठ ।
मधेश प्रदेश कबड्ी संघको प्रथम अधिवेशन आइतबार राजविराजमा सम्पन्न भएको छ । अधिवेशनले कबड्ीका पूर्वअन्तराष्ट्रिय खेलाडी अरबिन्द कुमार झाको नेतृत्वमा ९ सदस्यीय निर्विरोध नयाँ कार्य समिति चयन गरेको छ ।
राजविराज १ निवासी झा यसअघि पनि संघको मधेश प्रदेश तदर्थ समितिका संयोजकको जिम्मेवारी बहन गरिसकेका छन् । उनी संघका केन्द्रिय कोषाध्यक्ष समेत हुन् ।
यस्तै संघको बरिष्ठ उपाध्यक्षमा गणेश थापा (सर्लाही), उपाध्यक्षमा सरोज सिंह (धनुषा), सचिवमा महेश प्रसाद गुप्ता (बारा) र कोषाध्यक्षमा प्रिता कुमारी चौधरी (सिरहा) निर्विरोध चयन भएका छन् ।
यस्तै सदस्यहरुमा मनोज मण्डल (धनुषा), अमरकान्त झा (सप्तरी), प्रदिप भट्राई (सर्लाही) र सन्दिप गुप्ता (बारा) चयन भएका छन् ।
त्यसैगरि सल्लाहकारमा प्रदेश सभा सदस्य सतिश कुमार सिंह (सप्तरी) तथा संघको केन्द्रिय उपाध्यक्ष समेत रहेका बिरेन्द्र प्रसाद यादव (धनुषा) लाई चयन गरिएको संघले जनाएको छ ।
निर्वाचित भएपछि अध्यक्ष झाले प्रदेशको तर्फबाट कबड्ीका योग्य खेलाडी उत्पादन तथा प्रदेशलाई माथि उठाउनका लागि विभिन्न कार्य योजना बनाएर अघि बढ्ने प्रतिक्रिया दिए ।
वडा, गाउँ, नगर, जिल्ला हुँदै प्रदेश स्तरको प्रतियोगिताहरु संचालनमा ल्याउने, तल्लो तहमा कबड्ीको प्रशिक्षणको ब्यवस्था मिलाउने, कबड्ीका गतिविधीलाई प्रदेशका सबै जिल्लाहरुमा लैजाने लगायतका विषय कार्य योजनामा समेटिने उनको भनाई छ ।
अधिवेशनमा प्रमुख अतिथि जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख दिनेश भुजेल, खेलकुद पत्रकार मञ्चका अध्यक्ष मनोज कुमार माझी, अखिल नेपाल कबड्ी संघका केन्द्रिय सदस्य सुनिल कुमार झा, जिल्ला कबड्ी संघका अध्यक्ष चन्द्रशेखर चौधरी लगायतले शुभकामना दिएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ