News Category 2080/02/21
नयाँ नेतृत्वको चयन गर्दै मधेश प्रदेश कबड्ी संघको अधिवेशन सम्पन्न

दैनिक समाचारदाता
राजविराज, २१ जेठ ।
मधेश प्रदेश कबड्ी संघको प्रथम अधिवेशन आइतबार राजविराजमा सम्पन्न भएको छ । अधिवेशनले कबड्ीका पूर्वअन्तराष्ट्रिय खेलाडी अरबिन्द कुमार झाको नेतृत्वमा ९ सदस्यीय निर्विरोध नयाँ कार्य समिति चयन गरेको छ ।
राजविराज १ निवासी झा यसअघि पनि संघको मधेश प्रदेश तदर्थ समितिका संयोजकको जिम्मेवारी बहन गरिसकेका छन् । उनी संघका केन्द्रिय कोषाध्यक्ष समेत हुन् ।
यस्तै संघको बरिष्ठ उपाध्यक्षमा गणेश थापा (सर्लाही), उपाध्यक्षमा सरोज सिंह (धनुषा), सचिवमा महेश प्रसाद गुप्ता (बारा) र कोषाध्यक्षमा प्रिता कुमारी चौधरी (सिरहा) निर्विरोध चयन भएका छन् ।
यस्तै सदस्यहरुमा मनोज मण्डल (धनुषा), अमरकान्त झा (सप्तरी), प्रदिप भट्राई (सर्लाही) र सन्दिप गुप्ता (बारा) चयन भएका छन् ।
त्यसैगरि सल्लाहकारमा प्रदेश सभा सदस्य सतिश कुमार सिंह (सप्तरी) तथा संघको केन्द्रिय उपाध्यक्ष समेत रहेका बिरेन्द्र प्रसाद यादव (धनुषा) लाई चयन गरिएको संघले जनाएको छ ।
निर्वाचित भएपछि अध्यक्ष झाले प्रदेशको तर्फबाट कबड्ीका योग्य खेलाडी उत्पादन तथा प्रदेशलाई माथि उठाउनका लागि विभिन्न कार्य योजना बनाएर अघि बढ्ने प्रतिक्रिया दिए ।
वडा, गाउँ, नगर, जिल्ला हुँदै प्रदेश स्तरको प्रतियोगिताहरु संचालनमा ल्याउने, तल्लो तहमा कबड्ीको प्रशिक्षणको ब्यवस्था मिलाउने, कबड्ीका गतिविधीलाई प्रदेशका सबै जिल्लाहरुमा लैजाने लगायतका विषय कार्य योजनामा समेटिने उनको भनाई छ ।
अधिवेशनमा प्रमुख अतिथि जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख दिनेश भुजेल, खेलकुद पत्रकार मञ्चका अध्यक्ष मनोज कुमार माझी, अखिल नेपाल कबड्ी संघका केन्द्रिय सदस्य सुनिल कुमार झा, जिल्ला कबड्ी संघका अध्यक्ष चन्द्रशेखर चौधरी लगायतले शुभकामना दिएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
- 2082/06/10 संसद भवन बचाउने क्रममा गोली चलाएर गरिएको ठूलो नरसंहार उचित होइन ः महामन्त्री शर्मा
- 2082/06/08 जेनजी आन्दोलनका क्रममा सप्तरीका पालिका र सरकारी कार्यालयमा ७५ करोड भन्दा बढीको क्षती
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ