News Category 2071/09/03
अनशनमा बसेका कर्मचारीको अवस्था चिन्ताजनक
दैनिक संवाददाता
राजविराज, २ पुस ।
आमरण अनशनमा बसेका कोसी पम्प, चन्द्र नहर सिँचाइ व्यवस्थापन डिभिजन नं २ राजविराजका पाँचजना दैनिक ज्यालादारी कर्मचारीको अवस्था चिन्ताजनक बन्दै गएको छ ।
आफूहरूको माग पूरा नगरेको भन्दै कर्मचारी मंसिर १५ देखी विभिन्न चरणको आन्दोलन पश्चात् गत आइतबारदेखि कार्यालय परिसरमा आमरण अनशनमा बसेका छन् ।
आमरण अनसनमा बसेका दैनिक ज्यालादारी कर्मचारीहरू महेश्वरलाल दास, हिरा साह, राजकुमार यादव, लक्ष्मण साह हलुवाई र सोनेलाल मण्डलको अवस्था चिन्ताजनक बन्दै गएको हो ।
दैनिक ज्याला पाउने कामदार श्रमिकलाई निजामती सेवा ऐन २०४९ तथा नियमावली २०५० ले तोकेको उमेर हद निजामती सेवामा नियुक्तीबाहेकका व्यक्तिहरूलाई सरकारी श्रोतबाट भुक्तानी हुनेगरी ज्यालादारी तथा करार सेवामा नराख्ने भनी सिंँचाइ विभागले गरेको निर्णय यथाशिघ्र खारेज हुनुपर्ने, १० वर्षदेखि ३० वर्षसम्म अटुटरूपमा दैनिक काम गर्ने दक्ष कामदार श्रमिकलाई उमेरको हद लगाई हटाउँदा एकमुष्ट पारिश्रमिक रकम उपलब्ध गराउनुपर्ने माग गर्दै उनीहरू आमरण अनसनमा बसेका हुन् ।
आन्दोलित कर्मचारीहरूले मंसिर १५ गतेदेखि २६ गतेसम्म रिले अनसनमा बसेका थिए । पछिल्लोपटक सिंँचाइ विभागले दैनिक ज्यालादारी कर्मचारीमध्येका २९ जनालाई उमेरको हद लगाएर हटाएपछि कर्मचारीहरू आन्दोलित भएका हुन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ