News Category 2071/09/03
अनशनमा बसेका कर्मचारीको अवस्था चिन्ताजनक
दैनिक संवाददाता
राजविराज, २ पुस ।
आमरण अनशनमा बसेका कोसी पम्प, चन्द्र नहर सिँचाइ व्यवस्थापन डिभिजन नं २ राजविराजका पाँचजना दैनिक ज्यालादारी कर्मचारीको अवस्था चिन्ताजनक बन्दै गएको छ ।
आफूहरूको माग पूरा नगरेको भन्दै कर्मचारी मंसिर १५ देखी विभिन्न चरणको आन्दोलन पश्चात् गत आइतबारदेखि कार्यालय परिसरमा आमरण अनशनमा बसेका छन् ।
आमरण अनसनमा बसेका दैनिक ज्यालादारी कर्मचारीहरू महेश्वरलाल दास, हिरा साह, राजकुमार यादव, लक्ष्मण साह हलुवाई र सोनेलाल मण्डलको अवस्था चिन्ताजनक बन्दै गएको हो ।
दैनिक ज्याला पाउने कामदार श्रमिकलाई निजामती सेवा ऐन २०४९ तथा नियमावली २०५० ले तोकेको उमेर हद निजामती सेवामा नियुक्तीबाहेकका व्यक्तिहरूलाई सरकारी श्रोतबाट भुक्तानी हुनेगरी ज्यालादारी तथा करार सेवामा नराख्ने भनी सिंँचाइ विभागले गरेको निर्णय यथाशिघ्र खारेज हुनुपर्ने, १० वर्षदेखि ३० वर्षसम्म अटुटरूपमा दैनिक काम गर्ने दक्ष कामदार श्रमिकलाई उमेरको हद लगाई हटाउँदा एकमुष्ट पारिश्रमिक रकम उपलब्ध गराउनुपर्ने माग गर्दै उनीहरू आमरण अनसनमा बसेका हुन् ।
आन्दोलित कर्मचारीहरूले मंसिर १५ गतेदेखि २६ गतेसम्म रिले अनसनमा बसेका थिए । पछिल्लोपटक सिंँचाइ विभागले दैनिक ज्यालादारी कर्मचारीमध्येका २९ जनालाई उमेरको हद लगाएर हटाएपछि कर्मचारीहरू आन्दोलित भएका हुन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/03/22 सैनिक जनशक्ति फिर्ता जाने भएपछि स्थानीय उत्रे आन्दोलनमा
- 2082/03/22 सकियो मेयरकप ब्याडमिन्टन
- 2082/03/22 सडक मै ढाट तेर्साएर चक्काजाम
- 2082/03/19 एमाले सप्तरीमा निकै असन्तुष्टि, मन्त्रीले ल्याएको विकास योजनामा आफ्नै नेताहरुबाट बिरोध
- 2082/03/19 एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सुरुङ्गा नगरपालिकाद्वारा नगदसहित पुरस्कृत
- 2082/03/19 लाखौं मुल्य बराबरको भन्सार छलेका सामानहरु बरामद
- 2082/03/18 भ्रामक समाचार हाल्नेविरुद्ध कानुन अनुसार अघि बढ्ने ः पत्रकार महासंघ सप्तरी
- 2082/03/18 अस्पतालभित्रै महिलामाथि बलात्कारको प्रयास गर्ने पक्राउ
- 2082/03/17 बसको ठक्करबाट बालकको ज्यान गएको बिरोधमा स्थानीयद्वारा सडक अवरुद्ध
- 2082/03/17 आधारभूत पत्रकारिता तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ