News Category 2071/09/03
चुरे वन संरक्षणको नाममा सामुदायिक वन खोस्न खोजेको आरोप
दैनिक संवाददाता
राजविराज, २ पुस ।
सरकारले चुरे वन संरक्षणको नाममा सामुदायिक वन खोस्न खोजेको एक कार्यक्रमका सहभागिहरुले आरोप लगाएका छन ।
चुरे संरक्षण क्षेत्र घोषणा फिर्ता गर, राष्ट्रपति चुरे तराई मधेश समिति खारेज गर लगायतका विभिन्न नारा सहित सामुदायिक वन उपभोक्ता महासंघ नेपालद्वारा बुधबार राजविराजमा आयोजित एक विरोध कार्यक्रमलाई सम्बोधन गर्दै सहभागिहरुले यस्तो आरोप लगाएका हुन ।
कार्यक्रममा सहभागि बक्ताहरुले वनको नाममा रकम लुट्ने कार्य गर्दै आएको आरोप लगाउँदै जनताको अधिकार सरकारले खोस्ने दुप्रयास गरेमा कडा आन्दोलनमा ओर्लेने चेतावनी समेत दिएका छन् ।
महासंघका जिल्ला अध्यक्ष लक्ष्मीकान्त चौधरीको अध्यक्षता तथा महासंघका केन्द्रिय महासचिव भारती पाठकको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा महासंघका संस्थापक अध्यक्ष हरि प्रसाद न्यौपाने, जिविस प्रतिनिधि कृष्ण जोशी, नेकपा एमालेका अध्यक्ष गोविन्द न्यौपाने, बलारदह वन समितिका आशाराम चौधरी, सुकुम्बासी समस्या समाधान आयोगका मुरारी कार्की, नेपाल पत्रकार महासंघका अध्यक्ष प्रकाश खतिवडा लगायतका बक्ताहरुले आ–आफनो धारणा राख्नुभएको थियो ।
बिरोध सभा अघि सामुदायिक वन उपभोक्ता महासंघको नेतृत्वमा एक बिरोध ¥याली निकाली राजविराज नगरको परिक्रमा गरेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ