News Category 2080/03/01
राजबिराज ३ लाई वडा स्तरिय प्रतियोगिताको उपाधी
दैनिक समाचारदाता
राजविराज, १ असार ।
राजबिराज वडा नं. ५ द्वारा संचालित वडास्तरिय क्रिकेट प्रतियोगिताको उपाधी राजबिराज ३ ले हात पारेको छ ।
लायन्स क्लवको आयोजनामा तथा राजबिराज ५ को सहयोगमा आयोजित वडा स्तरिय क्रिकेट प्रतियोगिताको शुक्रबार सम्पन्न फाईनल खेलमा लायन्स क्रिकेट टिमलाई ३ बिकेट पराजित गर्दै राजबिराजले सो उपाधी हात पारेको हो ।
लायन्स क्लवले दिएको १ सय ५ रनको योगफल पछ्याउने क्रममा राजबिराज वडा ३ ले आफनो ७ बिकेट गुमाएर बिजेता बनाउन सफल भयो । राजबिराज ३ का बिकास दासले उत्कृष्ट ब्याटिंग गर्दै अबिजित ३४ रन बनाएपछि जित सहज ग¥यो । यसैगरी अर्का ब्याटर रोबिन सिँहले २३ रन र विशाल यादबले ११ जोडेका थिए ।
यसअघि लायन्सले टस जितेर १९ ओभर ५ वलमा १ सय ५ रनको योगफल खडा गरेको थियो । जसमा नितेश यादब २१ अभिषेक कार्कीले १९ र राहुल बिक र पप्पु यादबले १८÷१८ रन बनाए ।
बलिंगतर्फ राजबिराज ३ का रोबिन सिशाह÷बिकास दासले २÷२ र बिबेक यादब÷पप्पु यादबले १÷१ बिकेट लिएका थिए । खेलको प्लेयर अफ द फाईनल बिकास दास घोषित भएका थिए ।
सो प्रतियोगितामा म्यान अफ दि सिरिज रोबिन सिँह, बेस्ट बलर पप्पु यादब बेस्ट ब्याटर चित्र बहादुर बिष्ट घोषित भए ।
उक्त अवसरमा राजबिराज नगरपालिका कावा नगरप्रमुख ईसरत परविन, राजबिराज वडा ५ का अध्यक्ष बन्धु दास, वडा ३ का अध्यक्ष अनिल दास, सप्तरी क्रिकेट संघका उपाध्यक्ष धर्मेन्द्र चौधरी, अम्पायर संघका अध्यक्ष निरज सिंह लगायत लगायतले बिजेता तथा उपबिजेतालाई शिल्ड, कप, मेडल, प्रमाणपत्र प्रदान गरेका थिए भने कार्यक्रमको संचालन उज्जवल यादबले गरेका थिए ।
प्रतियोगिताको बिजेता टिमलाई नगद ५० हजार र उपबिजेतालाई २५ हजार नगद पुरस्कार प्रदान गरिएको लायन्स क्लवका प्रतियोगिता संयोजक गजेन्द्र माझीले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ