News Category 2071/09/04
गा“जा तस्कर र प्रहरीबिच दोहरो भिडन्त एक सय चालिस किलो गा“जा बरामद, तस्कर फरार
दैनिक संवाददाता
राजविराज, ३ पुस ।
सप्तरीको कविलासा गाविसमा बिहिबार बिहान प्रहरी र गाँजा तस्करबिच दोहरो भिडन्त भएको छ ।
कविलासा गाविस वडा नं. १ र ७ को विचमा पर्ने जुरी खोलाको किनारामा गाँजा तस्करीहरुले गाँजा ओसार पसार गरी भारततर्फ लैजादै गरेको अवस्थामा प्रहरी र गाँजा तस्करबिच दोहरो भिडन्त भएको हो ।
गाँजा तस्करी गरी भारततर्फ लैजादे गरेको जानकारी प्राप्त हुनासाथ तत्काल जिल्ला प्रहरी कार्यालय सप्तरीबाट सादा पोशाकका प्रहरी र ईलाका प्रहरी कार्यालय पातोबाट समेत प्रहरी टोली खटी गई उक्त स्थानमा पुग्दा गाँजा तस्करीले प्रहरीहरुलाई देख्नासाथ गोली फायर गरेको प्रहरीले जनाएको छ ।
सोही क्रममा प्रहरीले समेत जवाफी फायर गरी तस्करीहरुले लैजादै गरेको ७ पोकामा गरि जम्मा १ सय ४० किलो गाँजा घटनास्थलबाट प्रहरीले बरामत गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यसैबिच गाँजा तस्करीहरु फरार रहेको तथा उनीहरुको खोजी कार्य तिव्र रुपमा भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डिएसपी केदार ढकालले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ