News Category 2080/03/03
सप्तरी प्रिमियर लिगको पाँचौ संस्करण सुरु, उद्घाटन खेलमा रुपनी बिजयी
दैनिक समाचारदाता
राजविराज, ३ असार ।
आइतबारदेखी राजविराजमा सप्तरी प्रिमियर लिगको पाँचौ संस्करण सुरु भएको छ ।
सप्तरी क्रिकेट संघको आयोजनामा स्थानिय पबिमाविको खेल मैदानमा सुरु भएको उक्त प्रतियोगिताको राजविराज नगरपालिकाकी कार्यवाहक प्रमुख इसरत परबिनले ब्याटिङ गरि उद्घाटन गरिन ।
उद्घाटन खेलमा रुपनी राइडर्सले राजविराज द किंग्सलाई १५ रनले पराजित गरेको छ । उक्त खेलमा रुपनी राइडर्सले निर्धातिर २० ओभरमा १ सय ५० रन बनायो । उक्त लक्ष्य पछ्याउने क्रममा राजविराज द किंग्सले निर्धारित २० ओभरमा ८ विकेटको क्षतीमा १ सय ३५ रन मात्र बनाउन सफल भयो । राजविराज द किंग्सका लागि बिक्रम सोबले सर्वाधिक ३४ रन बनाए भने तृत राजदासले ३३ तथा अविशेख कार्कीले २९ रन बनाएका थिए ।
रुपनीका लागि फिर्दोश अन्सारीले सर्वाधिक ३, धिरज मण्डलले २ तथा जितेन्द्र मुखिया, अशोक मेहता र दिपेश कंडेलले १÷१ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिंग गरेको रुपनीले २० ओभरमा ६ विकेट क्षतीमा १ सय ५० रन बनाएको थियो । जसमा फिर्दोश अन्सारीले सर्वाधिक ६१, रोहन बिकले ३३ तथा विकास दासले २० रनको योगदान दिए । बलिङतर्फ राजविराजका बिक्रम सोबले २ तथा दिपेश सरदार, तृत राजदास र सोहेल खानले १÷१ विकेट लिए । खेलको प्लेयर अफ द म्याच रुपनी राइडर्सका फिर्दोश अन्सारी घोषित भए ।
प्रतियोगिताको उद्घाटन समारोहमा राजविराज नगरपालिकाका कार्यवाहक मेयर इशरत परबिन, नेपाल क्रिकेट संघका कोषाध्यक्ष रोशनकुमार सिंह, छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरी, नेपाल क्रिकेट संघका पूर्व कोषाध्यक्ष शैलेश कुमार चौधरी, नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवणकुमार देव, राजविराज नगरपालिका वडा नं ८ का अध्यक्ष जयनारायण मण्डल तथा वडा नं. ५ का अध्यक्ष बन्दुलाल दासको उपस्थिति रहेको थियो ।
प्रतियोगिता अन्तर्गत सोमबार पहिलो खेल विहान ९ बजेदेखी रुपनी राइडर्स र बलानबिहुल सुपर किंग्स तथा दिउँसो १ बजे छिन्नमस्ता लायन्स र बजाज खडक वारियर्स बीच हुने आयोजक समितिले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ