News Category 2080/03/05
सप्तरी प्रिमियर लिगमा छिन्नमस्ता र कन्चनरुप विजयी
दैनिक समाचारदाता
राजविराज, ५ असार ।
राजविराजमा जारि सप्तरी प्रिमियर लिगमा मंगलबार सम्पन्न खेलमा छिन्नमस्ता लायन्स र कन्चनरुप राइनोज विजयी भएका छन् ।
पहिलो खेलमा छिन्नमस्ता लायन्सले राजविराज द किंग्सलाई ३६ रनले पराजित गर्यो भने दोश्रो खेलमा कन्चनरुप राइनोजले बलान बिहुल सुपर किंग्सलाई ७ विकेटले पराजित गर्यो ।
स्थानिय पब्लिक विन्देश्वरी मैदानमा छिन्नमस्ताले दिएको १ सय ५९ रनको लक्ष्य पछ्याउने क्रममा राजबिराज द किंग्सले १९ ओभरमा सबै विकेट गुमाएर १ सय २२ रन बनाउन सफल भयो । जसमा अभिषेक कार्कीले सर्वाधिक ४१, बिक्रम सोबले २८ तथा तृत राज दासले १८ रन बनाए । टस हारेर ब्याटिंग गरेको छिन्नमस्ताले निर्धारित २० ओभरमा ७ विकेट क्षेतीमा १ सय ५८ रन बनाएको थियो ।
छिन्नमस्ताका लागि राहुल मण्डलले सर्वाधिक ५०, शुभ कंसाकारले ३२ रन बनाए भने हिमांशु दत्ता र पप्पु यादवले समान १६ रन बनाए । कप्तान शरद भेसावकरले ११ रन बनाएका थिए ।
राजविराजका बलिंगमा अभिषेक कार्की, तृत राज दास र सन्तोष कार्कीले २÷२ तथा बिक्रम सोबले १ विकेट लिए । सो खेलमा प्लेयर अफ द म्याच राहुल मण्डल भए ।
यस्तै दोश्रो खेलमा कन्चनरुप राइनोजले बलान बिहुलले दिएको १ सय ३८ रनको लक्ष्य १५ ओभरमा ३ विकेट क्षतीमा प्राप्त ग¥यो । कन्चनरुपका लागि अमित यादवले सर्वाधिक ६७, सुमित श्रेष्ठले अविजित २७, राकेश कामतले २३ रन तथा अविनाश कर्णले २१ रन बनाए । बसिर अहमदले २ तथा रोबिन सिंहले १ विकेट लिए ।
यस अघि टस जितेर ब्याटिंग गरेको बलान बिहुल सुपर किंग्सले १७.१ ओभरमा सबै विकेट गुमाएर १ सय ३७ रन मात्र बनाउन सक्यो । जसमा पवन सर्राफले सर्वाधिक ५०, बसिर अहमदले २० तथा हसिम अन्सारीले १३ रन बनाए । कन्चनरुपको बलिंगमा राशिद खान, चित्र बिस्ट, पप्पु यादव र सुमित श्रेष्ठले २÷२ विकेट लिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ