News Category 2080/03/06
सप्तरी प्रिमियर लिगमा बजाज खडक वारियर्स र रुपनी राइडर्स विजयी
दैनिक समाचारदाता
राजविराज, ६ असार ।
राजविराजमा जारि सप्तरी प्रिमियर लिगको चौंथो दिन सम्पन्न खेलमा बजाज खडक वारियर्स र रुपनी राइडर्स विजयी भएका छन् । बजाज खडक वारियर्स दइ वटा खेलमा जित हासिल गरेकोले ४ अंकसहित अंक तालिकाको शिर्ष स्थानमा रहेको छ ।
बुधबारको खेलमा बजाज खडक वारियर्सले राजविराज द किंग्सलाई ७ विकेट तथा रुपनी राइडर्सले कन्चनरुप राइनोजलाई पनि ७ विकेटले पराजित गरेको छ ।
पहिलो खेलमा राजविराजले दिएको ८८ रनको लक्ष्य खडक वारियर्सले ६.१ ओभरमा ३ विकेट गुमाएर प्राप्त ग¥यो । बजाज खडक वारियर्सको ब्याटिंगमा कप्तान बिबेक यादवले १९ बलमा २ चौका र ५ छक्का मद्दतले अविजित ४५ रन बनाएभने साहिल पटेलले १२ तथा राज वर्मा र सन्दिप रजालीले समान ११ रन बनाए । राजविराजका बलर बिक्रम सोबले २ तथा सकिम आलमले १ विकेट लिए ।
यस अघि टस जितेर ब्याटिंग गरेको राजविराज द किंग्सले १८ ओभरमा ८७ रन बनाउदा सबै विकेट गुमायो । जसमा शंकर रानाले सर्वाधिक २६ तथा तृत राजदासले १७ रन बनाए । खडक वारियर्सका देब्रे हाते स्पिनर अनिल खरेल एक्लैले ४ विकेट लिए वापत प्लेयर अफ द म्याच घोषित भए । यस्तै अनिल यादवले ३, बिबेक यादवले २ तथा दिनेश अधिकारीले १ विकेट लिए ।
यस्तै दोश्रो खेलमा रुपनी राइडर्सले कन्चनरुपले दिएको १ सय ३८ रनको लक्ष्य १३.४ ओभरमै पुरा गरेको छ । रुपनीका लागि रोहन बिकले सर्वाधिक ५५ रन बनाए वापत प्लेयर अफ द म्याच समेत चुनिए । यस्तै भोला शाहले ४५ तथा अरनिको यादवले अविजित ३६ रन बनाए । कन्चनरुपका बलर राशिद खानले ३ विकेट लिए ।
यस अघि टस हारेर ब्याटिंग गरेको कन्चनरुप राइनोजले निर्धारित १५ ओभरमा ९ विकेट गुमाएर १ सय ३७ रन बनाएको थियो । जसमा नारायण जोशीले मात्र १५ बलमा ४२ रन बनाए । अमित यादवले ३० तथा दिलिप नाथले २२ रन बनाए । रुपनीका जितेन्द्र मुखिया, अशोक मेहता र फिर्दोश अन्सारीले २÷२ तथा मुकुन्द यादवले १ विकेट लिए ।
प्रतियोगितामा ३ खेलमा २ जित र १ हार बेहोरेको रुपनी राइडर्स समान ४ अंक रहेता पनि नेट रन रेटमा पछि रहँदै दोश्रो स्थानमा छ । कन्चनरुप राइनोज, छिन्नमस्ता लायन र बलानबिहुल सुपर किंग्स समान २ अंक रहेता पनि नेट रन रेटको आधारमा क्रमशः तेश्रो, चौंथो र पाँचौ स्थानमा छ । तिन वटै खेलमा पराजित राजविराज द किंग्स छैठौं स्थानमा छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ