News Category 2080/03/06
सप्तरी प्रिमियर लिगमा बजाज खडक वारियर्स र रुपनी राइडर्स विजयी
दैनिक समाचारदाता
राजविराज, ६ असार ।
राजविराजमा जारि सप्तरी प्रिमियर लिगको चौंथो दिन सम्पन्न खेलमा बजाज खडक वारियर्स र रुपनी राइडर्स विजयी भएका छन् । बजाज खडक वारियर्स दइ वटा खेलमा जित हासिल गरेकोले ४ अंकसहित अंक तालिकाको शिर्ष स्थानमा रहेको छ ।
बुधबारको खेलमा बजाज खडक वारियर्सले राजविराज द किंग्सलाई ७ विकेट तथा रुपनी राइडर्सले कन्चनरुप राइनोजलाई पनि ७ विकेटले पराजित गरेको छ ।
पहिलो खेलमा राजविराजले दिएको ८८ रनको लक्ष्य खडक वारियर्सले ६.१ ओभरमा ३ विकेट गुमाएर प्राप्त ग¥यो । बजाज खडक वारियर्सको ब्याटिंगमा कप्तान बिबेक यादवले १९ बलमा २ चौका र ५ छक्का मद्दतले अविजित ४५ रन बनाएभने साहिल पटेलले १२ तथा राज वर्मा र सन्दिप रजालीले समान ११ रन बनाए । राजविराजका बलर बिक्रम सोबले २ तथा सकिम आलमले १ विकेट लिए ।
यस अघि टस जितेर ब्याटिंग गरेको राजविराज द किंग्सले १८ ओभरमा ८७ रन बनाउदा सबै विकेट गुमायो । जसमा शंकर रानाले सर्वाधिक २६ तथा तृत राजदासले १७ रन बनाए । खडक वारियर्सका देब्रे हाते स्पिनर अनिल खरेल एक्लैले ४ विकेट लिए वापत प्लेयर अफ द म्याच घोषित भए । यस्तै अनिल यादवले ३, बिबेक यादवले २ तथा दिनेश अधिकारीले १ विकेट लिए ।
यस्तै दोश्रो खेलमा रुपनी राइडर्सले कन्चनरुपले दिएको १ सय ३८ रनको लक्ष्य १३.४ ओभरमै पुरा गरेको छ । रुपनीका लागि रोहन बिकले सर्वाधिक ५५ रन बनाए वापत प्लेयर अफ द म्याच समेत चुनिए । यस्तै भोला शाहले ४५ तथा अरनिको यादवले अविजित ३६ रन बनाए । कन्चनरुपका बलर राशिद खानले ३ विकेट लिए ।
यस अघि टस हारेर ब्याटिंग गरेको कन्चनरुप राइनोजले निर्धारित १५ ओभरमा ९ विकेट गुमाएर १ सय ३७ रन बनाएको थियो । जसमा नारायण जोशीले मात्र १५ बलमा ४२ रन बनाए । अमित यादवले ३० तथा दिलिप नाथले २२ रन बनाए । रुपनीका जितेन्द्र मुखिया, अशोक मेहता र फिर्दोश अन्सारीले २÷२ तथा मुकुन्द यादवले १ विकेट लिए ।
प्रतियोगितामा ३ खेलमा २ जित र १ हार बेहोरेको रुपनी राइडर्स समान ४ अंक रहेता पनि नेट रन रेटमा पछि रहँदै दोश्रो स्थानमा छ । कन्चनरुप राइनोज, छिन्नमस्ता लायन र बलानबिहुल सुपर किंग्स समान २ अंक रहेता पनि नेट रन रेटको आधारमा क्रमशः तेश्रो, चौंथो र पाँचौ स्थानमा छ । तिन वटै खेलमा पराजित राजविराज द किंग्स छैठौं स्थानमा छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
- 2082/06/10 संसद भवन बचाउने क्रममा गोली चलाएर गरिएको ठूलो नरसंहार उचित होइन ः महामन्त्री शर्मा
- 2082/06/08 जेनजी आन्दोलनका क्रममा सप्तरीका पालिका र सरकारी कार्यालयमा ७५ करोड भन्दा बढीको क्षती
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ