News Category 2080/03/07
खडक वारियर्स र छिन्नमस्ता लायन्स विजयी
दैनिक समाचारदाता
राजविराज, ७ असार ।
राजविराजमा जारि सप्तरी प्रिमियर लिग अन्तर्गत पाँचौ दिन सम्पन्न खेलमा बजाज खडक वारियर्स र छिन्नमस्ता लायन विजयी भएका छन् ।
बजाज खडक वारियर्सले बलान बिहुल सुपर किंग्सलाई १ विकेटले पराजित गरेको छ भने अर्को खेलमा छिन्नमस्ता लायनले कन्चनरुप राइनोजलाई २५ रनले पराजित गर्यो ।
पब्लिक विन्देश्वरी मैदानमा सम्पन्न खेलमा बलान बिहुलले दिएको १ सय ४४ रनको लक्ष्य खडक वारियर्सले २ बल बाँकी हुँदा ९ विकेट गुमाएर पुरा गर्यो । बजाज खडक वारियर्सको ब्याटिंगमा तेश्रो नम्बरमा ब्याटिंग गरेका सन्दिप रजालीले सर्वाधिक ८१ रन बनाए । प्लेयर अफ द म्याच घोषित उनले ४३ बलमा ७ चौका र ६ छक्का प्रहार गरे। साहिल पटेल र अनिल यादवले समान १२ रन बनाए । दशौँ विकेटको लागि अनिल यादव र गोमानन्द अमात्य बीच २१ रनको अविजित साझेदारी हुँदा बलान बिहुल जितबाट बन्चित रह्यो ।
बलान बिहुलको बलिंगमा रोबिन सिंहले ३ तथा रुपेश सिंह र बसिर अहमदले २÷२ विकेट लिएता पनि जित्न पर्याप्त रहेन । यस अघि टस हारेर ब्याटिंग गरेको बलान बिहुलले निर्धारित २० ओभरमा ९ विकेट क्षेतीमा १ सय ४३ रन बनायो। उसको लागि बिसाल यादवले २४, कप्तान पवन सर्राफले २२, रोबिन सिंहले १५ तथा हसिम अन्सारीले १४ रन बनाए । खडक वारियर्सका बलर बिबेक यादवले ३ तथा अनिल खरेल र गोमानन्द अमात्यले १÷१ विकेट लिए ।
अर्को खेलमा छिन्नमस्ताले दिएको १ सय ४४ रनको लक्ष्य पछ्याएको कन्चनरुपले १८.४ ओभरमा १ सय १८ रनमा सबै विकेट गुमायो । कन्चनरुपको लागि अमित यादवले ३९ तथा पप्पु यादवले २६ रन बनाए । छिन्नमस्ताका बलर इमरान शेखले ४ विकेट तथा कमल खत्रीले ३ विकेट लिए । प्लेयर अफ द म्याच घोषित शेखले ४ ओभरमा २१ रन खर्चिए । पप्पु यादव, शरद भेसावकर र रेवती रोयले १÷१ विकेट लिए ।
यस अघि टस हारेर ब्याटिंग गरेको छिन्नमस्ता लायन्सले निर्धारित २० ओभरमा ८ विकेट क्षेतीमा १ सय ४३ रन बनायो । उसको लागि शुभ कंसाकार र हिमांशु दत्ताले समान ३५ रन बनाए । पप्पु यादवले १७ तथा राहुल मण्डलले १५ रन बनाए । कन्चनरुप राइनोजका बलर पप्पु यादवले ३ तथा राशिद खानले २ विकेट लिए ।
तीन वटै खेलमा शत प्रतिशत जितपछि बजाज खडक वारियर्स ६ अंक सहित अंकतालिकाको शिर्षमा छ । यस्तै ३ खेलमा दोश्रो जित पछि छिन्नमस्ता ४ अंक सहित दोश्रो स्थानमा छ । समान नतिजा र अंक सहित रुपनी राइडर्स नेट रन रेटको आधारमा तेश्रो स्थानमा छ। तेश्रो खेल खेल्दा दोश्रो हार पछि कन्चनरुप २ अंकसहित चौथो र समान नतिजा र अंक रहेको बलान बिहुल पाँचौ स्थानमा छच् । सबै तिन खेलमा हार बेहोरेको राजविराज द किंग पुछारमा छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ