News Category 2071/09/05
प्रेम विवाह गरी श्रीमान् फरार भएपछि बिच्चलीमा रितु
शुभ नारायण यादव
राजविराज, ४ पुस ।
प्रेम विवाह गरेर श्रीमान फरार भएपछि एक दलित युवती बिच्चलीमा परेकी छिन ।
सप्तरीको फर्सैठ गाविस वडा न. २ का बसन्त सदाकी १८ वर्षिया छोरी रितु कुमारी सदाको यसरी बिच्चली परेकी हुन ।
सोही ठाउँका जितन सदाका २० वर्षिय छोरा महाबिर सदा र रितुबिच डेढ वर्षदेखि प्रेम प्रसङ्ग चल्दै आएको अवस्थामा भदौ ४ गतेमा गाउँमै सामाजिक रितिरिवाज अनुसार रितु र महाबिरको प्रेम विवाह भएको थियो । विवाह भएको दुई महिनासम्म रितु आप्mनो श्रीमान महाबिरको घरमा बस्दै आएकी थिइन् ।
दुई महिनापछि श्रीमान बिना जानकारी नै फरार भएपछि उनका ससुरा जितन र सासु सहित मिलेर दहेजको माँग गर्दै कुटपिट गरी घरबाट निकाला गरेको पीडित रितुले बताईन ।
सासु, ससुरा सहित मिलेर श्रीमान बाहिर गएपछि दिनरात कुटपिट गरी दहेज माँग गर्दै घरबाट निकाला गरेपछि अहिले उनी बिच्चलीमा परेकी छिन ।
पछिल्लो पटक गाउँकै भद्र भलादमी, समाजसेवी सहितको उपस्थितिमा मंसिर ११ गतेमा रितुलाई पुन बुहारीको रुपमा स्विकार गर्ने भनेर समाजमै सहमति भएपनि हालसम्म रितुलाई सासु ससुराहरुले नलगेपछि अहिले उनी न्यायका लागि भौतारिरहेकी छिन ।
विवाह भएको दुई महिना सम्म रितु आप्mनो श्रीमान महाबिरको घरमा बसेपनि विगत तीन महिनादेखि उनी माईतीमै बस्दै आएकी छिन ।
प्रेम विवाह गरेकै कारण उनी अहिले घरको न घाटको बन्न पुगेको बताईन । उनी अगाडी भन्छिन, “डेढ वर्षअघि देखि नै महाबिर र मसँग प्रमे प्रसङ्ग चलेको तथा पछि उनले मसँग प्रेम विवाह गरेर घरमा लगेपनि आफुलाई एक्लै छाडी महाबिर फरार भएपछि अहिले आफु एक्लै बिच्चलीमा परेछु ।”
आफुलाई न्याय दिलाईदिनका लागि उनी संचारकर्मी, अधिकारर्की, नागरिक समाज, प्रहरी प्रशासन लगायत सम्बन्धित निकायसँग अग्राह समेत गरेकी छिन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ