News Category 2071/09/05
प्रेम विवाह गरी श्रीमान् फरार भएपछि बिच्चलीमा रितु
शुभ नारायण यादव
राजविराज, ४ पुस ।
प्रेम विवाह गरेर श्रीमान फरार भएपछि एक दलित युवती बिच्चलीमा परेकी छिन ।
सप्तरीको फर्सैठ गाविस वडा न. २ का बसन्त सदाकी १८ वर्षिया छोरी रितु कुमारी सदाको यसरी बिच्चली परेकी हुन ।
सोही ठाउँका जितन सदाका २० वर्षिय छोरा महाबिर सदा र रितुबिच डेढ वर्षदेखि प्रेम प्रसङ्ग चल्दै आएको अवस्थामा भदौ ४ गतेमा गाउँमै सामाजिक रितिरिवाज अनुसार रितु र महाबिरको प्रेम विवाह भएको थियो । विवाह भएको दुई महिनासम्म रितु आप्mनो श्रीमान महाबिरको घरमा बस्दै आएकी थिइन् ।
दुई महिनापछि श्रीमान बिना जानकारी नै फरार भएपछि उनका ससुरा जितन र सासु सहित मिलेर दहेजको माँग गर्दै कुटपिट गरी घरबाट निकाला गरेको पीडित रितुले बताईन ।
सासु, ससुरा सहित मिलेर श्रीमान बाहिर गएपछि दिनरात कुटपिट गरी दहेज माँग गर्दै घरबाट निकाला गरेपछि अहिले उनी बिच्चलीमा परेकी छिन ।
पछिल्लो पटक गाउँकै भद्र भलादमी, समाजसेवी सहितको उपस्थितिमा मंसिर ११ गतेमा रितुलाई पुन बुहारीको रुपमा स्विकार गर्ने भनेर समाजमै सहमति भएपनि हालसम्म रितुलाई सासु ससुराहरुले नलगेपछि अहिले उनी न्यायका लागि भौतारिरहेकी छिन ।
विवाह भएको दुई महिना सम्म रितु आप्mनो श्रीमान महाबिरको घरमा बसेपनि विगत तीन महिनादेखि उनी माईतीमै बस्दै आएकी छिन ।
प्रेम विवाह गरेकै कारण उनी अहिले घरको न घाटको बन्न पुगेको बताईन । उनी अगाडी भन्छिन, “डेढ वर्षअघि देखि नै महाबिर र मसँग प्रमे प्रसङ्ग चलेको तथा पछि उनले मसँग प्रेम विवाह गरेर घरमा लगेपनि आफुलाई एक्लै छाडी महाबिर फरार भएपछि अहिले आफु एक्लै बिच्चलीमा परेछु ।”
आफुलाई न्याय दिलाईदिनका लागि उनी संचारकर्मी, अधिकारर्की, नागरिक समाज, प्रहरी प्रशासन लगायत सम्बन्धित निकायसँग अग्राह समेत गरेकी छिन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ