News Category 2080/03/08
रुपनी राइडर्स र बलान बिहुल सुपर किंग्स विजयी
दैनिक समाचारदाता
राजविराज, ८ असार ।
राजविराजमा जारि सप्तरी प्रिमियर लिगको पाँचौ संस्करण अन्तर्गत शुक्रबार सम्पन्न खेलमा रुपनी राइडर्स र बलान बिहुल सुपर किंग्स विजयी भएका छन् ।
पहिलो खेलमा रुपनी राइडर्सले छिन्नमस्ता लायन्सलाई ५ विकेटले पराजित गरेको छ । छिन्नमस्ताले दिएको १ सय ७७ रनको लक्ष्य रुपनीले १९.२ ओभरमा ५ विकेट क्षतीमा स्प्रिाप्त गरेको छ ।
रुपनीको ब्याटिंगमा प्लेयर अफ द म्याच समेत घोषित रोहन बिकले ८२ रन बनाए । अरनिको यादवले २७, मुकुन्द यादवले २५ तथा बिकास दासले २३ रन बनाए । रोहन र विकासले ९२ रनको ओपनिंग साझेदारी गर्दै जितको आधार तयार गरे ।
यस अघि टस हारेर ब्याटिंग गरेको छिन्नमस्ता लायन्सले निर्धारित २० ओभरमा ७ विकेट क्षेतीमा १ सय ७६ रन बनाएको थियो । ओपनर शुभ कंसाकारले प्रतियोगिताकै पहिलो शतक बनाउने क्रममा १ सय १८ रन योगदान दिए । कमल खत्रीले १४ तथा हिमांशु दत्ताले १३ रन बनाए । रुपनीका बलर मुकुन्द यादवले ३ तथा जितेन्द्र मुखियाले २ विकेट लिए ।
यस्तै दोश्रो खेलमा बलान बिहुल सुपर किंग्सले राजविराज द किंग्सलाई ८ विकेटले पराजित ग¥यो । राजविराजले दिएको १ सय २५ रनको लक्ष्य बलान बिहुलले १०.३ ओभरमा २ विकेट मात्र गुमाएर भेटायो ।
बलान बिहुलको ब्याटिङमा प्लेयर अफ द म्याच समेत घोषित हसिम अन्सारीले सर्वाधिक ५२ रन बनाए । कप्तान पवन सर्राफले ३२, सोनु अन्सारीले २५ तथा रुपेश सिंहले १५ रन बनाए । हसिमले सोनुसंग ५५ रनको ओपनिंग साझेदारी गरे भने दोश्रो विकेटको लागि पवनसंग ४२ रन जोड्दै जितको आधार तयार गरे ।
टस हारेर ब्याटिंङ गरेको राजविराज द किंगले १९.५ ओभरमा १२४ रन बनायो । अभिषेक कार्कीले सर्वाधिक ३७ रन बनाए भने प्रतिक श्रेष्ठले २२, तृत राज दासले १६ रन बनाए । बलान बिहुलका बलर रुपेश सिंहले ३ तथा विकास दास, रोबिन सिंह र बिष्णु मण्डलले २÷२ विकेट लिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ