News Category 2080/03/08
रुपनी राइडर्स र बलान बिहुल सुपर किंग्स विजयी
दैनिक समाचारदाता
राजविराज, ८ असार ।
राजविराजमा जारि सप्तरी प्रिमियर लिगको पाँचौ संस्करण अन्तर्गत शुक्रबार सम्पन्न खेलमा रुपनी राइडर्स र बलान बिहुल सुपर किंग्स विजयी भएका छन् ।
पहिलो खेलमा रुपनी राइडर्सले छिन्नमस्ता लायन्सलाई ५ विकेटले पराजित गरेको छ । छिन्नमस्ताले दिएको १ सय ७७ रनको लक्ष्य रुपनीले १९.२ ओभरमा ५ विकेट क्षतीमा स्प्रिाप्त गरेको छ ।
रुपनीको ब्याटिंगमा प्लेयर अफ द म्याच समेत घोषित रोहन बिकले ८२ रन बनाए । अरनिको यादवले २७, मुकुन्द यादवले २५ तथा बिकास दासले २३ रन बनाए । रोहन र विकासले ९२ रनको ओपनिंग साझेदारी गर्दै जितको आधार तयार गरे ।
यस अघि टस हारेर ब्याटिंग गरेको छिन्नमस्ता लायन्सले निर्धारित २० ओभरमा ७ विकेट क्षेतीमा १ सय ७६ रन बनाएको थियो । ओपनर शुभ कंसाकारले प्रतियोगिताकै पहिलो शतक बनाउने क्रममा १ सय १८ रन योगदान दिए । कमल खत्रीले १४ तथा हिमांशु दत्ताले १३ रन बनाए । रुपनीका बलर मुकुन्द यादवले ३ तथा जितेन्द्र मुखियाले २ विकेट लिए ।
यस्तै दोश्रो खेलमा बलान बिहुल सुपर किंग्सले राजविराज द किंग्सलाई ८ विकेटले पराजित ग¥यो । राजविराजले दिएको १ सय २५ रनको लक्ष्य बलान बिहुलले १०.३ ओभरमा २ विकेट मात्र गुमाएर भेटायो ।
बलान बिहुलको ब्याटिङमा प्लेयर अफ द म्याच समेत घोषित हसिम अन्सारीले सर्वाधिक ५२ रन बनाए । कप्तान पवन सर्राफले ३२, सोनु अन्सारीले २५ तथा रुपेश सिंहले १५ रन बनाए । हसिमले सोनुसंग ५५ रनको ओपनिंग साझेदारी गरे भने दोश्रो विकेटको लागि पवनसंग ४२ रन जोड्दै जितको आधार तयार गरे ।
टस हारेर ब्याटिंङ गरेको राजविराज द किंगले १९.५ ओभरमा १२४ रन बनायो । अभिषेक कार्कीले सर्वाधिक ३७ रन बनाए भने प्रतिक श्रेष्ठले २२, तृत राज दासले १६ रन बनाए । बलान बिहुलका बलर रुपेश सिंहले ३ तथा विकास दास, रोबिन सिंह र बिष्णु मण्डलले २÷२ विकेट लिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ