News Category 2080/03/09
प्रथम मेयर गोल्डकप सुरु
राजविराज÷प्रथम राजविराज मेयर गोल्डकप फुटबल प्रतियोगिता शनिबारदेखी सुरु भएको छ ।
राजविराजस्थित राजरंगशालामा सुरु भएको उद्घाटन खेलमा महोत्तरीले सिरहालाई २–१ गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको छ ।
महोत्तरीका लागि पारस सुसलिंग र कृष्ण लामाले एक–एक गोल गरे । सिरहाका लागि एक मात्र गोल अमन लामाले खेलको ५८ औं मिनेटमा गरे ।
राजविराज नगरपालिकाको सहयोग तथा जिल्ला फुटबल संघ सप्तरीको आयोजनामा सुरु भएको प्रतियोगिताको राजविराज नगरपालिकाका कार्यवाहक प्रमुख इसरत परबिनले उद्घाटन गरे । उनले यस्ता प्रतियोगिताले खेल क्षेत्रको विकास मात्र नभई खेलाडीको विकासका लागि समेत टेवा पुग्ने बताइन् ।
प्रतियोगिता असार १६ सम्म चल्ने छ । प्रतियोगितामा घरेलु टोली सप्तरीका साथै महोत्तरी, सिरहा, धनुषा, सिन्धुली, उदयपुर, सुनसरी र सर्लाहीका गरि कुल ८ टिमको सहभागिता रहेको आयोजक जिल्ला फुटबल संघ सप्तरीका अध्यक्ष राजकुमार परियारले जानकारी दिए ।
उद्घाटन समारोहमा पूर्वमेयर जगरनाथ दास, शैलेश चौधरी, पूर्व राष्ट्रिय खेलाडी जितेन्द्र नारायण देव, जिवन श्रेष्ठ, आलोक विश्वास, श्रीलाल देव, जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख दिनेश भुजेल लगायतको पनि उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ