News Category 2080/03/09
प्रथम मेयर गोल्डकप सुरु
राजविराज÷प्रथम राजविराज मेयर गोल्डकप फुटबल प्रतियोगिता शनिबारदेखी सुरु भएको छ ।
राजविराजस्थित राजरंगशालामा सुरु भएको उद्घाटन खेलमा महोत्तरीले सिरहालाई २–१ गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको छ ।
महोत्तरीका लागि पारस सुसलिंग र कृष्ण लामाले एक–एक गोल गरे । सिरहाका लागि एक मात्र गोल अमन लामाले खेलको ५८ औं मिनेटमा गरे ।
राजविराज नगरपालिकाको सहयोग तथा जिल्ला फुटबल संघ सप्तरीको आयोजनामा सुरु भएको प्रतियोगिताको राजविराज नगरपालिकाका कार्यवाहक प्रमुख इसरत परबिनले उद्घाटन गरे । उनले यस्ता प्रतियोगिताले खेल क्षेत्रको विकास मात्र नभई खेलाडीको विकासका लागि समेत टेवा पुग्ने बताइन् ।
प्रतियोगिता असार १६ सम्म चल्ने छ । प्रतियोगितामा घरेलु टोली सप्तरीका साथै महोत्तरी, सिरहा, धनुषा, सिन्धुली, उदयपुर, सुनसरी र सर्लाहीका गरि कुल ८ टिमको सहभागिता रहेको आयोजक जिल्ला फुटबल संघ सप्तरीका अध्यक्ष राजकुमार परियारले जानकारी दिए ।
उद्घाटन समारोहमा पूर्वमेयर जगरनाथ दास, शैलेश चौधरी, पूर्व राष्ट्रिय खेलाडी जितेन्द्र नारायण देव, जिवन श्रेष्ठ, आलोक विश्वास, श्रीलाल देव, जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख दिनेश भुजेल लगायतको पनि उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ