News Category 2080/03/11
घरेलु टिम सप्तरी पराजित
दैनिक समाचारदाता
राजविराज, ११ असार ।
राजविराजमा जारि मेयर कप फुटबल प्रतियोगिता अन्तरगत सोमबारको खेलमा घरेलु टिम सप्तरी पराजित भएको छ ।
आधा दर्जन जति प्रहार रोक्दै उदयपुरको मनिथम फुटबल क्लबले आयोजक सप्तरी फुटबल संघ टिमलाई १–० गोल अन्तरले हराएको छ । सो जितसँगै मिनथम क्लब क्वाटर फाइनलमा प्रवेश गरेको हो ।
खेलको ८० औं मिनेटमा डि–एरियामा सप्तरीका खेलाडीले फाउल खेल्दा उदयपुरले पाएको पेनाल्टीको सदुपयोग गर्दै देवराज चौधरीले गोलमा परिणत गरेका थिए । सो गोलमै निर्णायक बन्यो ।
गोल फर्काउन घरेलु टोलीका खेलाडीले उदयपुरको गोल पोष्टमा आधा दर्जन जति प्रहार गरे पनि गोलमा परिणत गर्न सफल भएन र अन्ततः १–० गोल अन्तर कायम गर्दै पाहुना टोली उदयपुरले जित सुनिश्चित ग¥यो ।
जिल्ला फुटबल संघ सप्तरीको आयोजनामा तथा राजविराज नगरपालिकाको सहयोगमा संचालित प्रतियोगिता अन्तरगत मंगलबारको खेल सर्लाही र महोत्तरीबीच हुने आयोजक समितिले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ