News Category 2080/03/11
घरेलु टिम सप्तरी पराजित
दैनिक समाचारदाता
राजविराज, ११ असार ।
राजविराजमा जारि मेयर कप फुटबल प्रतियोगिता अन्तरगत सोमबारको खेलमा घरेलु टिम सप्तरी पराजित भएको छ ।
आधा दर्जन जति प्रहार रोक्दै उदयपुरको मनिथम फुटबल क्लबले आयोजक सप्तरी फुटबल संघ टिमलाई १–० गोल अन्तरले हराएको छ । सो जितसँगै मिनथम क्लब क्वाटर फाइनलमा प्रवेश गरेको हो ।
खेलको ८० औं मिनेटमा डि–एरियामा सप्तरीका खेलाडीले फाउल खेल्दा उदयपुरले पाएको पेनाल्टीको सदुपयोग गर्दै देवराज चौधरीले गोलमा परिणत गरेका थिए । सो गोलमै निर्णायक बन्यो ।
गोल फर्काउन घरेलु टोलीका खेलाडीले उदयपुरको गोल पोष्टमा आधा दर्जन जति प्रहार गरे पनि गोलमा परिणत गर्न सफल भएन र अन्ततः १–० गोल अन्तर कायम गर्दै पाहुना टोली उदयपुरले जित सुनिश्चित ग¥यो ।
जिल्ला फुटबल संघ सप्तरीको आयोजनामा तथा राजविराज नगरपालिकाको सहयोगमा संचालित प्रतियोगिता अन्तरगत मंगलबारको खेल सर्लाही र महोत्तरीबीच हुने आयोजक समितिले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ