News Category 2080/03/11
सप्तरीकै सर्वाधिक पुरस्कार राशीको बिजेता बन्यो बजाज खडक वारिर्यस
दैनिक समाचारदाता
राजविराज, ११ असार ।
बजाज खडक वारिर्यसले जिल्लाकै सर्वाधिक पुरस्कार राशी भएको मेयर कप सप्तरी प्रिमियर लिग टि –ट्वान्टी क्रिकेट प्रतियोगिता हात पारेको छ ।
जितसंगै बजाज खडक वायिरर्यसले ३ लाख रुपैया नगद तथा ट्रफी हात पारेको हो । यस्तै उपविजेता कंचनरुप राइनोले १ लाख ५० हजार नगद तथा ट्रफी प्राप्त ग¥यो ।
राजविराजस्थित पविमाबीको खेल मैदानमा सोमबार सम्पन्न फाईनल खेलमा बजाज खडक वारिर्यसले कंचनरुप राईनो माथी ४ विकेटको जीत निकाल्दै उपाधी जित्न सफल भएको हो ।
टस हारेर ब्याटिङ्ग गर्ने अवसर पाएको कंचनरुप राईनोले निर्धारित २० ओभरको खेलमा सम्पूर्ण विकेट गुमाई १ सय ४५ रन बनाएको थियो । जसमा कंचनरुप राईनोका दिलिप नाथले सर्वाधिक ४२, नारायण जोशीले २७, सुमित श्रेष्ठले १७, अमित कुमार यादवले १६, राकेश कामैतले ११ र चित्र बहादुर विष्टले १० रनको योगदान दिए । बलिङ्गतर्फ बजाज खडक वारिर्यसका कप्तान विवेक यादवले ४, गोमानन्द अमात्यले २ तथा अनिल यादव र दिनेश अधिकारीले १÷१ विकेट लिए ।
१ सय ४६ रनको विजय लक्ष्य लिएर मैदानमा उत्रेको बजाज खडक वारिर्यस १९ दशमलव ३ ओभर मै विजय लक्ष्य प्राप्त ग¥यो । बजाज खडक वारिर्यसका लागी विशाल सुसलिङ (अविजित) ले सर्वाधिक ४६ रनको योगदान दिए । त्यस्तै साहिल पटेलले २१, राज बर्मा १७, करण बहादुर विक र संदिपले समान १४÷१४ तथा विवेक कुमार यादवले १३ रनको योगदान दिए । बलिङ्गतर्फ कंचनरुप राइनोका चित्र बहादृर विष्टले ३ तथा रासिद खान, नारायण जोशी र पप्पु कुमार यादवले १÷१ विकेट लिए ।
फाईनल खेलको म्यान अफ द म्याच विजेता टिम बजाज खडक वारिर्यसका विशाल सुसलिङ घोषित भए । यस्तै प्लेर अफ द टुर्नामेन्ट कंचनरुप राईनोका रासिद खान, वेस्ट बलर बजाज खडक वारिर्यसका दिनेश अधिकारी, वेस्ट ब्याट्सम्यान छिन्नमस्ता लाइन्सका सुभक कंसाकार तथा इमेजिङ्ग प्लेयरको अर्वाड बलान विहुल क्रिकेट क्लबका विशाल यादवले प्राप्त गरे ।
प्रतियोगिता समाप्ती पछी आयोजक क्रिकेट संघ सप्तरीका अध्यक्ष आयूष श्रेष्ठको अध्यक्षतामा आयोजित पुरस्कार वितरण समारोहमा प्रमुख अतिथी राजविराज नगरपालिकाका कार्यवाहक प्रमुख इसरत परविन, नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुर बहादुर चन्द, कोषाध्यक्ष रोशन सिंह, केन्द्रिय सदस्य प्रशान्त विक्रम मल्ल, मधेश प्रदेश क्रिकेट संघका उपाध्यक्ष सुनिल महासेठ, वडा अध्यक्ष बन्धुलाल दास लगायतले विजयी खेलाडीहरुलाई पुरस्कार वितरण गरे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ