News Category 2071/09/07
मन्दिरको अतिक्रमण रोक्नुपर्ने माग
दैनिक संवाददाता
राजविराज, ६ पुस ।
सप्तरीको सदरमुकाम राजविराज १ स्थित हरिनन्देश्वर महादेव मन्दिरलाई अतिक्रमणबाट जोगाउनुपर्ने माँग गरिएको छ ।
हरिनन्देश्वर महादेव मन्दिरका संरक्षक महन्थ राजेश्वर भारतीले एक विज्ञप्ती प्रकाशन गरी उक्त मन्दिरलाई पटक पटक अतिक्रमण गर्ने गरेकाले त्यसलाई जोगाउँनका लागि सम्बन्धित सबै पक्षसँग आग्रह गरिएको छ ।
हस्ताक्षरित विज्ञप्तीमा सगरमाथा अंचलकै सदरमुकाम राजविराजस्थित हरिनन्देश्वर महादेव मन्दिर विगत एक दशकदेखि जिर्ण अवस्थामा रहेको जनाउँदै मन्दिर परिसरमा रहेको जग्गा आवश्यक घेरबेरको अभावले पटक पटक अतिक्रमणको शिकार समेत भएको जनाएको छ ।
२०५८ साल फाल्गुन ७ गते मन्दिर परिसरमा रहेको जग्गा अतिक्रमण गर्ने क्रममा सो जग्गालाई अतिक्रमण हुनबाट ठुलै संघर्ष गरी जोगाइएको जनाउँदै त्यसको केही वर्ष लगत्तै मन्दिर परिसरमा छाउनी, टहरा, पसल आदीले गर्दा समय समयमा हुने धार्मिक कार्यमा बाधा पुगेपछि तत्कालिन प्रमुख जिल्ला अधिकारी सिताराम पोखरेल र मन्दिरका पुजारीको पहलमा सो अतिक्रमण हटाईएको थियो ।
त्यस्तै हस्ताक्षरित विज्ञप्तीमा मन्दिरमा घेरबेर नभएको कारणले मन्दिर प्राङ्गणमा खुलाशौच गर्ने, पार्किङ्ग गर्ने, जथाभावी फोहोर फाल्ने लगायतका समस्याहरु देखिएको जनाउँदै सात दिन अघि मात्र मन्दिर परिसरमै पार्किङ्ग स्थलको साईनबोर्ड लगाएर मन्दिर परिसर अतिक्रमणलाई बढावा दिने काम भएको आरोप लगाइएको छ ।
साथै मन्दिर आर्थिक संकटमा परेको जनाउँदै सन्यासी परिवार आफु भौके जीवन ब्यक्ति गरी तीन पुस्तादेखि धार्मिक स्थालको रुपमा रहँदै आएको सो मन्दिर परिसरको जग्गा अतिक्रमणलाई अबिलम्ब रोक्नुपर्ने मााग गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ