News Category 2071/09/09
माघ ८ भित्रै संविधान जारी हुने सम्भावना ः अध्यक्ष थापा
दैनिक संवाददाता
राजविराज, ८ पुस ।
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले आगामि माघ ८ गते भित्रै संविधान जारी हुन सक्ने सम्भावना रहेको बताउँनुभएको छ ।
मेची महाकाली श्री पशुपतिनाथ रथयात्राका लागी पूर्वको झापा जाने क्रममा मंगलवार सप्तरीको विरेन्द्र बजारमा संचारकर्मीहरुसँगको कुराकानीमा उहाँले सो कुरा बताउँनुभएको हो ।
उहाँले संविधान सभालाई संविधानसभा थलोको रुपमा प्रयोग गरिएमा आगामि माघ ८ गते भित्रै संविधान जारी हुन सक्ने सम्भावना रहेको उल्लेख गर्नुहुदै उहाँले भन्नुभयो, “माघ ८ गते भित्रै संविधान जारी हुने कुरा अर्झै टरिसकेको छैन ।”
अध्यक्ष थापाले संविधानसभालाई सीमित राजनीतिक दलहरुले पदलोलुपताका कारण बन्धक बनाएको आरोप लगाउँदै उहाँले भन्नुभयो, “अहिलेसम्म संविधान सभालाई संविधानसभा थलोको रुपमा प्रयोग भएको छैन, बन्धक बनाइएको छ ।”
उहाँले मुख्य दलका केही सीमित नेताहरु संविधान निर्माणको विधि र प्रक्रियालाई गलत व्याख्या गरेर जनतामा भ्रम फैलाउने काम भएको बताउनु हुदै उहाँले संविधान निर्माणका सहमति,जनमत र बहुमत गरि तीन विधि र प्रक्रिया रहेको स्पष्ट पार्नु भयो । तर नेपाली काँग्रेस एमाले र एमाओवादी सहमति र जनमतको विधि र प्रक्रियामा जान किन डराईरहेको छ उहाँले प्रश्न गनुभयोे ।
राप्रपाले बुधवारदेखी झापाबाट सुरु गरिने रथयात्रा धार्मिक रथयात्रा नभएर नेपाली पहिचान यात्रा भएको बताउनु भयो । निर्धारित समयमा संविधान बाउन तथा नयाँ संविधानमा हिन्दु राष्ट्र सुनिश्चित गर्न र सशतm जन दवाब श्रृजना गर्ने उद्देश्यले मेची महाकाली श्रीपशुपतिनाथ हिन्दु राष्ट्र पुर्नस्थापना संकल्प रथयात्रा सुरु गर्न लागेको जानकारी दिनुभयो ।
अध्यक्ष थपाले रथयात्रा तराईका २२ र पहाडका ८ जिल्ला गरि ३० जिल्लाका १ हजार ९ सय २९ किलो मिटर तय गर्ने सो रथ यात्रा क्रममा साना ठुला गरि १०८ वटा सभाहरु गर्ने बताउनु भयो । पुष १८ गते काठमाण्डौको टुडिखेलमा समापन हुने जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ