News Category 2071/09/09
सर्वदलिय बैठकबाट सात बु“दे निर्णय
दैनिक संवाददाता
राजविराज, ८ पुस ।
राष्ट्रिय मधेश समाजवादी पार्टी कार्यालयमा सम्पन्न सर्वदलिय बैठकले जिल्लाको समसामयिक विभिन्न सात वटा प्रस्तावमाथि छलफल गरि निर्णय गरेको छ ।
राष्ट्रिय मधेश समाजवादी पार्टीका जिल्ला अध्यक्ष गजेन्द्र कुमार मण्डलको अध्यक्षतामा सम्पन्न बैठकले विगतको निर्णयको समिक्षा र कार्यान्वयनको सम्बन्धमा २०७१ मंसिर १२ गते बैठकको निर्णय केही कार्यान्वयन भएको र केही बाँकी रहेको हुदाँ बाँकी रहेका गजेन्द्र नारयण सिंह सगरमाथा अंचल अस्पताल सम्बन्धमा तथा सटही सम्बन्धमा भएका निर्णयलाई कार्यान्वयन गराउने सर्वसम्मत निर्णय गरिएको छ ।
त्यस्तै सर्वदलिय बैठकको सम्बन्धमा जिल्ला प्रशासन कार्यालय सप्तरीले प्रत्येक महिनामा सर्वदलिय बैठक बोलाउँने गरेकोमा हाल सो बैठक अवरुद्ध रहेको हुदाँ सो बैठकलाई निरन्तरता दिनको लागि प्रजिअलाई अनुरोध गर्ने सर्वसम्मत निर्णय गरेको छ ।
त्यसैगरी जिविस सप्तरीको आय व्यय सम्बन्धमा जिविसको आन्तरिक श्रोतको रकमको आ.व.२०६८÷०६९, ०६९÷०७०, ०७०÷०७१ र दातृ निकायको हालसम्मको आय व्यवको विवरण सम्पुर्ण राजनीतिक दल, पत्रकार र सरोकारबालालाई सात दिन भित्र उपलब्ध गराउन सर्वसम्मत निर्णय गरिएको छ ।
त्यस्तै स्थानीय शान्ति समिति सप्तरीको संयोजक म्याद समाप्त भईसकेको हुदाँ अबिलम्ब पुर्न गठन गर्न पहल गर्ने तथा जिल्लाको समग्र विकास निमार्णको प्रस्तावना पत्र तयार गर्न सर्वसम्मत समिति चयन गरिएको छ । गठित समितिको सदस्यहरुमा दिनेश यादव, सुनिल झा, कमानन्द माझी, मनोज देव, गजेन्द्र कुमार मण्डल, नरेन्द्र यादव र महेन्द्र यादव रहेका छन ।
त्यसैगरी कोशी पम्प चन्द्र नहर सिंचाई डिभिजन कार्यालयका दैनिक ज्यालादारी कर्मचारीहरुको आन्दोलनका जायज माँगहरु अबिलम्ब पुरा गराउन सम्बन्धित कार्यालयलाई ध्यानाकर्षण गराउने निर्णय गरिएको छ ।
यस्तै जिल्लाको विकासीय बजेट यस आ.व. भित्र बिनियोजित बजेट खर्च गरि अघिल्लो बजेट जस्तो फ्रिज नहोस भन्ने जिविस प्रमुख लगायत विभिन्न विकासीय कार्यालय प्रमुखहरुलाई अनुरोध गर्ने तथा अगामी बैठक २०७१ माघ ७ गते मधेशी जनअधिकार फोरम लोकतानित्रकको कार्यालयमा राख्ने सर्वसम्मत निर्णय भएको जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ