News Category 2071/09/11
प्र्रजातन्त्र सेनानी पाण्डेको निधन भएको पा“च दिन बितिसक्दा समेत सप्तरी का“ग्रेस बेखबर
नवीनकुमार गुप्ता
राजविराज, १० पुस ।
नेपाली काग्रेसका सक्रिय कार्यकर्ता तथा प्रजातन्त्र सेनानी रामनारायण पाण्डेको निधन भएको पाँच दिन बितिसक्दा पनि नेपाली कागे्रस सप्तरीका एक जना पनि नेता तथा कार्यकर्ताले सम्वेदना समेत प्रकट गर्न सकेका छैनन् ।
गत आईतबार प्रजातन्त्र सेनानी पाण्डेको राजविराज ९ स्थित आप्mनै निवासमा ८२ वर्षियको उमेरमा निधन भएको हो ।
नेपाली काग्रेसको स्थापना कालदेखि नै सक्रिय रुपमा विभिन्न आन्दोलनहरुमा अहम भुमिका निर्वाह गर्नुभएका पाण्डे विगत केही समय देखि बिरामी हुनुहुन्थ्यो ।
वकालत पेशामा समेत संलग्न रहनुभएका पाण्डे नेपाली काग्रेस सप्तरीलाई अगाडी बढाउन सक्रिय रुपले लाग्नु भएको थियो । नेपालको सबैभन्दा पुरानो प्रजातान्त्रिक पार्टी नेपाली काग्रेसले आप्mनो सक्रिय कार्यकर्ता एवं प्रजातन्त्र सेनानीलाई गुमाउँदा एउटा विज्ञप्ती मार्फत समेत सम्वेदना प्रकट गर्न सकेको छैन ।
स्व. पाण्डेका जेठा छोरा चाँद पाण्डेले भन्नुभयो, “बुबाको निधन भएको पाँच दिन बितिसकेको अवस्थामा हालसम्म जिल्ला स्तरीय एउटा पनि नेता तथा कार्यकर्ताले सम्वेदना समेत प्रकट गर्न नआउँनुमा उहाँको अवमुल्यण गरिएको महसुस गरेको छु ।”
१४ वर्षको उमेरदेखि नै बुबा नेपाली काग्रेसमा सक्रिय रुपले भुमिका निर्वाह गर्दै आउनुभएको स्मरण गराउँदै किरियामा समेत बस्नुभएका छोरा पाण्डले बुबाको जिवन बारेमा पुस्तक प्रकाशित गर्नुभएका पत्रकार राम नारायण देवले प्रधानमन्त्री सुशिल कोईरालाका स्वकीय सचिव मार्फत उहाँको निधनको खबर दिनुभएको बताउनुभयो ।
नेपाली काग्रेसको तर्फबाट सप्तरी जिल्लाका दुई जना सभासद एवं गृहराज्य मन्त्री तथा अन्य मन्त्री भईसकेका व्यक्तित्वहरुले सान्त्वना समेत प्रकट गर्न नसकेकोमा उहाँले दुखेसो व्यक्त गर्नुभयो ।
विगतमा नेपाली काग्रेसका सक्रिय कार्यकर्ताहरुको निधन हुँदा नेपाली काग्रेसले विज्ञप्ती मार्फत तथा पार्टी कार्यालयमा शोक सभा समेत गरेका थिए, तर पाण्डेको निधनमा एक जना पनि काग्रेसका जिल्ला स्तरीय नेता तथा कार्यकर्ताहरुले उहाँको परिवारजनलाई सान्त्वना दिन समेत कन्जुसियाई गरेको प्रति परिवारजनले दुख ब्यक्त गरेका छन ।
पार्टीका कार्यकर्ताले विगतमा गरेको कार्यको मुल्याङकन नभएकै कारण नेपाली काग्रेसका पुराना नेता तथा कार्यकर्ताहरु काग्रेसबाट दिन प्रतिदिन विस्थापित तथा पार्टी छोडने गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ