News Category 2071/09/11
प्र्रजातन्त्र सेनानी पाण्डेको निधन भएको पा“च दिन बितिसक्दा समेत सप्तरी का“ग्रेस बेखबर
नवीनकुमार गुप्ता
राजविराज, १० पुस ।
नेपाली काग्रेसका सक्रिय कार्यकर्ता तथा प्रजातन्त्र सेनानी रामनारायण पाण्डेको निधन भएको पाँच दिन बितिसक्दा पनि नेपाली कागे्रस सप्तरीका एक जना पनि नेता तथा कार्यकर्ताले सम्वेदना समेत प्रकट गर्न सकेका छैनन् ।
गत आईतबार प्रजातन्त्र सेनानी पाण्डेको राजविराज ९ स्थित आप्mनै निवासमा ८२ वर्षियको उमेरमा निधन भएको हो ।
नेपाली काग्रेसको स्थापना कालदेखि नै सक्रिय रुपमा विभिन्न आन्दोलनहरुमा अहम भुमिका निर्वाह गर्नुभएका पाण्डे विगत केही समय देखि बिरामी हुनुहुन्थ्यो ।
वकालत पेशामा समेत संलग्न रहनुभएका पाण्डे नेपाली काग्रेस सप्तरीलाई अगाडी बढाउन सक्रिय रुपले लाग्नु भएको थियो । नेपालको सबैभन्दा पुरानो प्रजातान्त्रिक पार्टी नेपाली काग्रेसले आप्mनो सक्रिय कार्यकर्ता एवं प्रजातन्त्र सेनानीलाई गुमाउँदा एउटा विज्ञप्ती मार्फत समेत सम्वेदना प्रकट गर्न सकेको छैन ।
स्व. पाण्डेका जेठा छोरा चाँद पाण्डेले भन्नुभयो, “बुबाको निधन भएको पाँच दिन बितिसकेको अवस्थामा हालसम्म जिल्ला स्तरीय एउटा पनि नेता तथा कार्यकर्ताले सम्वेदना समेत प्रकट गर्न नआउँनुमा उहाँको अवमुल्यण गरिएको महसुस गरेको छु ।”
१४ वर्षको उमेरदेखि नै बुबा नेपाली काग्रेसमा सक्रिय रुपले भुमिका निर्वाह गर्दै आउनुभएको स्मरण गराउँदै किरियामा समेत बस्नुभएका छोरा पाण्डले बुबाको जिवन बारेमा पुस्तक प्रकाशित गर्नुभएका पत्रकार राम नारायण देवले प्रधानमन्त्री सुशिल कोईरालाका स्वकीय सचिव मार्फत उहाँको निधनको खबर दिनुभएको बताउनुभयो ।
नेपाली काग्रेसको तर्फबाट सप्तरी जिल्लाका दुई जना सभासद एवं गृहराज्य मन्त्री तथा अन्य मन्त्री भईसकेका व्यक्तित्वहरुले सान्त्वना समेत प्रकट गर्न नसकेकोमा उहाँले दुखेसो व्यक्त गर्नुभयो ।
विगतमा नेपाली काग्रेसका सक्रिय कार्यकर्ताहरुको निधन हुँदा नेपाली काग्रेसले विज्ञप्ती मार्फत तथा पार्टी कार्यालयमा शोक सभा समेत गरेका थिए, तर पाण्डेको निधनमा एक जना पनि काग्रेसका जिल्ला स्तरीय नेता तथा कार्यकर्ताहरुले उहाँको परिवारजनलाई सान्त्वना दिन समेत कन्जुसियाई गरेको प्रति परिवारजनले दुख ब्यक्त गरेका छन ।
पार्टीका कार्यकर्ताले विगतमा गरेको कार्यको मुल्याङकन नभएकै कारण नेपाली काग्रेसका पुराना नेता तथा कार्यकर्ताहरु काग्रेसबाट दिन प्रतिदिन विस्थापित तथा पार्टी छोडने गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ