News Category 2071/09/15
पुनरावेदन अदालतका लागि सार्वजनिक जग्गा दिएकोमा मलेठवासीद्वारा स्वागत
दैनिक संवाददाता
राजविराज, १४ पुस ।
सप्तरीको मलेठ गाविस ७ स्थित सार्वजनिक जग्गामा पुनरावेदन अदालत, सरकारी वकिलको कार्यालय, प्रहरी विटको कार्यालयहरुको भवन निमार्णको लागि सार्वजनिक जग्गा उपलब्ध गराउने सबै पक्षबाट सहमतिको आधारमा भएको निर्णय प्रति स्थानीयहरुले स्वागत गरेका छन् ।
मलेठ ७ निवासी शम्भु प्रसाद यादवले विज्ञप्ती प्रकाशन गरी पुर्वाञ्चलको प्रमुख न्यायिय अडा पुनरावेदन अदालत राजविराज जग्गाको कमिले गर्दा अन्यत्र सर्ने हल्ला चलेपछि स्थानीय नागरिक, राजनैतिक दल, नागरिक समाज तथा पत्रकारहरुको सर्वपक्षिय बैठकले मलेठ गाविसमै सो कार्यालय रहने सर्वपक्षिय निर्णयको स्वागत गरेको जनाएका छन् ।
हस्ताक्षरित विज्ञप्तीमा स्थानीय केही नक्कली सुकुम्वासीहरुले सार्वजनिक जग्गालाई आप्mनो निजि प्रयोजनको लागि उपभोग गर्दै आएकोप्रति गम्भिर ध्यानाकर्षण भएको जनाउँदै सुकुम्बासीहरुको पहिचान गरि वास्तविक पीडित सुकुम्बासीहरुलाई नेपाल सरकारको ऐन नियमको आधारमा बसोबासको व्यवस्था मिलाउनुपर्ने माग समेत गरेका छन् । तर, विगहा विगहा जग्गा भएको ब्यक्तिहरु कृष्णानगरको नाउँमा सार्वजनिक जग्गालाई निजीकरण गरी उपभोग गरिरहेकोले गर्दा सरकारी पक्षबाट दोषी माथि कडा कार्बाही हुनुपर्ने माँग गर्दै केही निजी ब्यक्तिहरुले सार्वजनिक घर बनाउँन लगाई एउटा घर माथि एक हजारदेखि बीस हजारसम्म लिने गरेको गुनासोहरु आईरहेको बेला आप्mना बुुबा नसिव लाल यादव र स्वयंले बारम्बार असली सुकुम्बसीहरुको पहिचान गरी सुकुम्बासीको हक उपभोग गर्न अनुरोध गर्दा बुबा र आफूमाथि विभिन्न प्रकारको आरोप लगाएर चरित्र हत्या गर्ने कार्य गरेको जनाएका छन् ।
बर्षौदेखि भोग चलन गर्दै आएको यी जग्गाहरुमा केही दिन देखि कानुनी अधिकार प्राप्तिको लागि लडाई लडदै आएको अवस्थामा सर्वोच्च अदालतले ०–५–१९ जग्गा मेरो हकमा फैसला गरेको र ३–०–० विगहा जग्गा सार्वजनिक गरिसकेकोले सम्मानित अदालतको निर्णयलाई सम्मान गर्दै आप्mनो तर्फबाट ती सार्वजनिक जग्गामा कुनै किसिमको उपभोग नगरिरहेकोले जनाउँदै केही सिमित ब्यक्तिहरुको चलखेल र गुण्डागर्दीको नबनोस भन्ने चलखेल भईरहेको सो चलखेल गर्ने ब्यक्तिहरुको पहिचान गरी कडा कानुनी कार्बाही हुनुपर्ने माँग विज्ञप्ती मार्फत गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ