News Category 2071/09/15
दलित महिलाको आयआर्जनको माध्यम बन्यो नाङ्लो
शुभ नारायण यादव
राजविराज, १४ पुस ।
“मेहनत गरेपछि विदेशको कमाई स्वदेशमै कमाउन” सकिन्छ, भन्ने उखानलाई हिजोआज सप्तरीको रम्पुरा मल्हनिया गाविसकी दलित महिलाहरुले पुष्टि गर्न सफल भएकी छिन ।
घरेलु तथा साना उघोग कार्यालय सप्तरीले सो गाविसमा नाङ्लो बनाउँने सम्बन्धित १५ दिने आधारभुत तालिम दिएपछि हिजो आज रम्पुरा मल्हनिया गाविस ६ की महिलाहरु नाङ्लोबाट मासिक रु.१० देखि १५ हजार सम्म घरमै बसेर कमाउँदै आएकी छिन ।
त्यो भन्दा अगाडी त्यहाँका दलित परिवारहरु त्यत्तिकै घरमा बसेर दिन काटदै आएका थिए भने हिजो आज त्यहाँका महिलाहरुलाई दिनभरी नाङ्लोे बनाउँने देखि फुर्सदै हुदैन ।
घरेलुले त्यहाँका करिब १५ जना महिलाहरुलाई उक्त आयमुलक तालिम प्रदान गरेपछि हिजोआज त्यहाँका दलित महिलाहरुको नाङ्लो आयआर्जनको एउटा सफल माध्यम बन्न पुगेको स्थानीय अनिता देवी खंगले बताईन । उनी अगाडी भन्छिन त्यो भन्दा पहिला त्यहाँका महिलाहरु दिनभरी त्यत्तिकै घरमा बसेर दिन काटदै आएका थिए, तर हिजोआज हामीहरुलाई दिनभरी नाङ्लोे बनाउँने देखि फुर्सदै हुदैन । घरमै बसेर दिनभरीमा २(३ वटा सम्म लारो बनाउँने गरेको तथा त्यस वापत दिनहु करिब ५ सय देखि हजार रुपैया सम्म घरमै बसेर सजिलै तरिकाबाट कमाउँदै आएको बताईन ।
उनी मात्र नभई हिजोआज घरेलुबाट तालिम लिएका जती सबै महिलाहरु त्यही नाङ्लोे बनाएर मासिक १० देखि १५ हजार सम्म कमाउँदै आएको अर्का महिला अमली देवीको कथन रहेको छ । घरमै बसेर दिनभरीमा कम्तिममा तिन चार वटा सम्म नाङ्लोे बनाएर घर नजिकै छिमेकी भारतको कुनौली बजारका साथै सदरमुकाम राजविराज, हनुमाननगर, भारदह सहितका स्थानहरुमा बेचेर त्यसबाट आएको रकमबाट आफनो घरपरिवार सँगै छोराछोरीाहरुलाई समेत पढाउँदै आएको उनको भनाई रहेको छ ।
शुरु शुरुमा तालिम लिने बेला यसबाट आम्दानी कमाउँने सकिने विश्वास हामीलाई लागेकै थिएन तर हिजोआज त्यही नाङ्लोेबाट मासिक १० देखि १५ हजार सम्म कमाउँदै आएकोमा खुशी ब्यक्त गर्छिन तालिमका सहभागी अर्का महिला शिवु देवी खंग । उनी भन्छिन बास्तवमा नाङ्लो तालिम प्रदान गरेर घरेलु तथा साना उद्योग कार्यालयले हामी जस्तो गरीब तथा निमुखा दलितहरुलाई धेरै नै सहयोग गरेकोमा घरेलुलाई धन्यवाद समेत ज्ञापन गरेका छन ।
घरेलु तथा साना उघोग कार्यालय सप्तरीले यि यस्ता आयमुलक कार्यक्रमहरु जिल्लाको विभिन्न गाविसमा संचालन गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ