News Category 2071/09/19
तलब नखाएरै बालविकास केन्द्र संचालन
दैनिक संवाददाता
राजविराज, १८ पुस ।
सप्तरी सदरमुकाम राजविराज ७ स्थित माँ दुर्गा बाल विकास केन्द्रकी सहयोगी कार्यकर्ताले हालसम्म तलब नपाएको गुनासो गरेकी छिन ।
माँ दुर्गा बाल विकास केन्द्रकी सहयोगी कार्यकर्ता कल्पना देवले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी गुनासो गरेकी हुन । आयोजित पत्रकार सम्मेलनमा उहाँले चालु आर्थिक वर्षको साउन महिनादेखि हालसम्म ६ महिनाको तलब नपाएको बताइन् ।
हाल उक्त बाल विकास केन्द्रमा २५ जना बालबालिकाहरु अध्ययनरत रहेको बताउँदै उहाँले भवन तथा भौतिक पुर्वाधारको अभावमा पनि बाल विकास संचालन गर्दै आएपनि बाल विकास प्रति राज्य तथा सम्बन्धित निकायले कुनै चाँसो नदेखाएको आरोप लगाईन ।
भवन तथा भौतिक पुर्वाधार मात्र नभई बिना तलबको पनि बालविकासकी सहयोगी कार्यकर्ताहरुले बालविकास केन्द्र नियमित रुपमा संचालन गर्दै आए्को उहाँको कथन छ । त्यती गर्दा पनि राज्य तथा जिल्ला शिक्षा कार्यालय समेतले समयमा तलब उपलब्ध नगराएकोप्रति आक्रोस व्यक्त गर्नुभयो ।
उहाँले हाल निमावि थानगाछीका प्रअ रमेश दत्तको नाउँमा सो बालविकास केन्द्रको अनुगमनको जिम्मा दिएपनि हालसम्म प्रअले बालविकास केन्द्रको अनुगमन समेत नगरेको तथा पछि सो बाल विकास केन्द्र संचालनमा नरहेको भन्दै अर्को ब्यक्तिको नाउँमा तलब निकासा भइरहेको खुलासा गर्नुभयो ।
पत्रकार सम्मेलनमा देवले आप्mनो बाल विकास केन्द्र नियमित रुपमा संंचालनमा रहेको दाबी गर्दै आप्mनो तलब अर्का ब्यक्ति खोजपुर गाविसकी निलम चौधरीको नाउँमा निकासा भइरहेको जानकारी दिइन् । उनले भनिन्, “जब बाल विकास थिएन भने तलब कसरी निकासा भयो, आफुले गरेको मेहनतको उचित परिश्रामिक अबिलम्ब जिल्ला शिक्षा कार्यालय तथा सम्बन्धित निकायले उपलब्ध गराउनुपर्छ ।”
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ