News Category 2071/09/19
स्वास्थ्यकर्मीहरुद्वारा आन्दोलनको घोषणा
दैनिक संवाददाता
राजविराज, १८ पुस ।
स्वास्थ्य क्षेत्रमा कार्यरत रहेका स्वास्थ्यकर्मीहरुको संयुक्त ट्रेड युनियन संजाल सप्तरीद्वारा विभिन्न १२ बुँदे माँगहरु अघि सार्दै आन्दोलनको घोषणा गरेका छन् ।
नेपाल स्वास्थ्य सेवा ऐनको दफा ९ ख तत्काल कार्यान्वयन गरी सम्बन्धित तहमा स्तर बृद्धि भएका स्वास्थ्यकर्मीहरुको सोही पदमा तत्काल पदस्थापना गर्नुपर्ने, स्वास्थ्य सेवा ऐनको दफा ९ कार्यान्यवन गरी स्वेछिक आकास योजनाको सुचना तत्काल प्रकाशित गर्नुपर्ने लगायतका विभिन्न माँगहरु अघि सारि आन्दोलनमा ओर्लेका हुन ।
नेपाल स्वास्थ्यकर्मी युनियन सप्तरी, अखिल नेपाल प्रगतिशिल स्वास्थ्यकर्मी संगठन, स्वास्थ्यकर्मी संघ, मधेशी स्वास्थ्यकर्मी फोरम नेपाल र नेपाल स्वास्थ्य प्राविधिक संघ सप्तरीले संयुक्त रुपमा विज्ञप्ती प्रकाशन गरी आन्दोलनमा ओर्लेको जनाएका छन् ।
आन्दोलनका कार्यरत अन्तर्गत शुक्रबार स्वास्थ्यकर्मीहरुले जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीमा माँग पत्रको ब्यानर सहित धर्नामा बसेका थिए ।
त्यस्तै आन्दोलनकै कार्यक्रम अन्तर्गत प्रत्येक संस्थाबाट रिपोर्टि प्रत्येक संस्थाबाट रिपोर्टिङ्ग कार्य रोक्ने, बैठक, गोष्ठि, समिक्षा, तालिम र अभियानहरु बहिष्कार गर्ने, प्रत्येक जिल्लामा संयुक्त संघर्ष समिति र सचिवालय गठन गर्ने र आन्दोलनका अन्य थप कार्यक्रमहरु माघ १ गतेबाट सार्वजनिक गरी थप चरणवद्ध आन्दोलन गर्ने जनाएको छ ।
त्यस्तै संजालद्वारा हस्ताक्षरित विज्ञप्तीमा स्वास्थ्य मन्त्रालय र टे«ड युनियनहरु बिच विभिन्न मितिहरुमा भएको सम्झौता तत्काल कार्यान्वयन गर्नुपर्ने, स्वास्थ्य सेवा ऐन संशोधनको प्रक्रिया तत्काल प्रारम्भ गर्नुपर्ने, स्वास्थ्य सेवा नियमावली तत्काल जारी गरी कार्यान्वयन गर्नुपर्ने, संस्था बढुवा तालिम तथा अध्ययन अवलोक भ्रमणलाई पारदर्शी बनाई शैक्षिक योग्यताको कदर गर्ने परपार्टीको थालनी गर्नुपर्ने, स्थानीय स्वास्थ्य संस्थाहरुलाई भौतिक पुर्वाधार सम्पन्न बनाई अत्यावश्यक औषधि औजार उपकरण आदीको तत्काल व्यवस्था गर्नुपर्ने माँगहरु अघि सारिएको छ ।
यसैगरी स्वास्थ्यकर्मीहरुले २४ औ घण्टा डियुटी गरे वापत पाउँनुपर्ने ओभर टाईम खर्च, नन प्राक्टिस भत्ता, आवाश तथा राशन भत्ता, लुगा भत्ता, जोखिम भत्ता, दुर्गम भत्ता तथा अन्य सेवा सुबिधा बृद्धि गर्नुपर्ने, स्वास्थ्य व्यवसायी परिषद एने नर्सिङ ऐन, औषधि ऐन, स्वास्थ्यकर्मी सुरक्षा ऐन तथा शिघ्र संशोधन गर्नुपर्ने, दुर्गम क्षेत्रको पुर्व परिभाष गरी दुर्गम क्षेत्र विशेष प्याकेज कार्यक्रम लागु गर्नुपर्ने, अपग्रेड भएका स्वास्थ्य संस्थाहरुमा दरबन्दी समायोजन गरी तत्काल दरबन्दी तेरीज तयार गर्नुपर्ने र स्वास्थ्य सेवामा उल्लेखित टे«ेड युनियन सम्बनिध व्यवस्थालाई पुर्णता दिनुपर्ने साथै टे«ेड युनियन अधिकारको सम्मान गर्नुपर्ने माँग अघि सारि आन्दोलित भएका हुन् ।
यसैबिच अखिल नेपाल प्रगतिशिल स्वास्थ्यकर्मी संगठन सप्तरीको अध्यक्ष बिरेन्द्र कुमार दासको अध्यक्षतामा २७ सदस्यीय संघर्ष समिति तथा सचिवालय गठन गरेको संघर्ष समितिका सचिव धर्मेन्द्र कुमार खड्गाले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/03/22 सैनिक जनशक्ति फिर्ता जाने भएपछि स्थानीय उत्रे आन्दोलनमा
- 2082/03/22 सकियो मेयरकप ब्याडमिन्टन
- 2082/03/22 सडक मै ढाट तेर्साएर चक्काजाम
- 2082/03/19 एमाले सप्तरीमा निकै असन्तुष्टि, मन्त्रीले ल्याएको विकास योजनामा आफ्नै नेताहरुबाट बिरोध
- 2082/03/19 एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सुरुङ्गा नगरपालिकाद्वारा नगदसहित पुरस्कृत
- 2082/03/19 लाखौं मुल्य बराबरको भन्सार छलेका सामानहरु बरामद
- 2082/03/18 भ्रामक समाचार हाल्नेविरुद्ध कानुन अनुसार अघि बढ्ने ः पत्रकार महासंघ सप्तरी
- 2082/03/18 अस्पतालभित्रै महिलामाथि बलात्कारको प्रयास गर्ने पक्राउ
- 2082/03/17 बसको ठक्करबाट बालकको ज्यान गएको बिरोधमा स्थानीयद्वारा सडक अवरुद्ध
- 2082/03/17 आधारभूत पत्रकारिता तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ