News Category 2071/09/20
का“ग्रेस र एमाले आफ्नो बहुमतको दम्भबाट संविधान ल्याउन खोजे मुलुक आन्दोलनमय हुने चेतावनी
राजविराज÷३० दलिय मोर्चाले शनिबार राजविराजमा बृहत प्रदर्शन गर्दै बिरोध सभा गरेको छ ।
राजविराजस्थित शिवमन्दिरको प्राङनबाट निस्किएको बिरोध ¥याली राजविराज नगरको परिक्रमा गरि गजेन्द्र चौकमा बिरोध सभामा परिणत भएको थियो ।
३० दलिय गठबन्धन मोर्चा सप्तरीले शनिबार राजविराजमा आयोजना गरेको संविधान सभाबाट सहमतिमा संविधान पहिचान र अधिकार सहितको अग्रगामी संविधान विषयक विरोध सभामा बोल्दै एनेकपा माओवादीका जिल्ला संयोजक तथा सप्तरी क्षेत्र नं. २ का सभासद् अशोक मण्डल अमरले नेपाली काँग्रेस र एमाले आफ्नो बहुमतको दम्भबाट संविधान ल्याउन खोजे मुलुक आन्दोलनमय हुने चेतावनी दिनुभएको छ ।
उहाँले २०४७ सालकै संविधानलाई नै मुलुकमा लाद्न खोजेको आरोप लगाउँदै त्यसो भए काँग्रेस र एमाले मुलुकबाटै पलायन हुने चेतावनी समेत दिनुभयो । उहाँले भन्नुभयो, “तोकिएकै समयमा मधेशी, दलित, आदिवासी, मुस्लिम लगायतको अधिकार सुनिश्चिता गरि संविधान जारि गर्न सम्पूर्ण दलको सहमति हुनुपर्छ अनिमात्र जनताको चाहना अनुसार संविधान जारि हुन्छ ।”
त्यस्तै पुर्व मन्त्री एवं मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका केन्द्रिय महासचिव मृगेन्द्र कुमार सिंह यादवले काग्रेस एमाले संविधान नल्याउँने षडयन्त्र गर्दै आएको आरोप लगाउँदै अधिकारको लागि अब सडक आन्दोलन बाहेक अन्य कुनै विकल्प नरहेको बताउँनुभयो ।
यसैगरी सद्भावना पार्टीका केन्द्रिय सदस्य दिपेन्द्र चौधरीले अब मधेशी जनताहरु जगरुक भईसकेको बताउादै अब आप्mनो अधिकारका लडेर प्राप्त गर्ने बताउँदै काग्रेस एमालेको संघियता सहितको संविधान नल्याउने षडयन्त्र विरुद्ध मधेशमा ठूलो आन्दोलन हुने बताउँनुभयो ।
सद्भावना पार्टीका जिल्ला अध्यक्ष एवं कार्यक्रम संयोजक सुनिल कुमार झाको अध्यक्षतामा आयोजित बिरोध सभामा संघीय समाजवादी पार्टीका केन्द्रिय सदस्य चित्त नारायण यादव, राष्ट्रिय मधेश समाजवादी पार्टीका जिल्ला अध्यक्ष गजेन्द्र कुमार मण्डल, तराई मधेश लोकतान्त्रिक पार्टीका केन्द्रिय सदस्य साधना झा, मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष दिनेश कुमार यादव, मधेशी जनअधिकार फोरम गणतान्त्रिकका केन्द्रिय सदस्य विशेश्वर यादव, संघीय सद्भावना पार्टीका महासचिव सुरेश सिंह लगायतका बक्ताहरुले राज्यद्वारा गरिएको विभेद अन्त्य गर्नुपर्ने माग गर्दै यदी विभेद अन्त्य नभए मुलुक बिखण्डनमा पनि जान सक्ने कुरालाई ध्यानमा राख्नु पर्ने जोड दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ