News Category 2080/06/18
धर्नामा बसेका वडाअध्यक्ष र नगर प्रमुख पक्षबीच झडप, स्थिती नियन्त्रणमा लिन दर्जनौं सेल आश्रुग्यास प्रहार
दैनिक समाचारदाता
सिरहा, १८ असोज ।
सिरहाको कल्याणपुर नगररपालिका प्रमुखले गत आर्थिक वर्षको आयव्यय सार्वजनिक नगरेको भन्दै चार दिनदेखी धर्नामा बसेका ६ वटा वडाध्यक्ष र नगर प्रमुख पक्षबीच बिहीबार झडप भएको छ ।
धर्नामा बसेका वडाध्यक्षहरु र नगर प्रमुख रामपुकार साह पक्षबीचको विवादले उग्ररुप लिएपछि अवस्था तनावग्रस्त बनेको छ । धर्नाका कारण कार्यालय ठप्प भएपछि कामकाज समेत प्रभावित छन् ।
दुवै पक्षबाट ढुंगामुढा हुन थालेपछि स्थिति तनाबग्रस्त बनेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गर्नुका साथै कैयौं सेल आश्रुग्यास प्रहार गरेका छन् । तर बिहीबार साँझसम्म पनि स्थिति नियन्त्रणमा आउन सकेको छैन ।
सिरहाका प्रहरी प्रवक्ता डिएसपी रविन्द्र राज पाण्डेले झडपको स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरीले १२ सेल र सशस्त्र प्रहरीले १५ सेल आश्रुग्यास प्रहार गरेको बताए । उनले हाम्रो नेपाल प्रहरीले थ्रिनटथ्रि राइफलबाट ५ राउण्ड हवाई फायर समेत गरेको बताए ।
डिएसपी पाण्डेका अनुसार ढुंगा हानाहानबाट ४ जना नेपाल प्रहरी र दुई जना सशस्त्र प्रहरीगरि झडपमा ६ सुरक्षाकर्मीसहित दर्जनौं व्यक्ति घाइते भएका छन् । यता स्थानीयका अनुसार नगर प्रमुख र वडाध्यक्षहरु दुबै पक्षका दर्जनौं व्यक्ति घाइते भएका छन् ।
झडकका क्रममा नगरपालिकाको कार्यालयमा ढुंगामुढा गरिएको छ । कार्यालयको झ्यालको सिसाहरु ढुंगामुढाबाट फुटेको डिएसपी पाण्डेले बताए ।
कल्याणपुर नगरपालिकामा १२ वटा वडाध्यक्ष छन् । जसमध्ये नेपाली कांग्रेस, नेकपा एस र जसपाका ६ वटा वडाध्यक्ष विगत ४ दिनदेखि आन्दोलनमा छन् । उनीहरुले गत आर्थिक वर्षको आयव्यय सार्वजनिक नगरेसम्म आन्दोलन जारी राख्ने बताएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ