News Category 2071/09/24
पंचायतकालमा बनेको खेलकुद ऐन परिमार्जन गर्नु आवश्यक ः खेलकुद मन्त्री पौडेल
दैनिक संवाददाता
राजविराज,२३ पुस ।
युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले २०२२ साल पंचायत कालमा बनेको खेलकुद ऐन अहिलेसम्म पनि लागु भएकोले खेलकुद क्षेत्रमा परिवर्तन नआएको आरोप लगाउनु भएको छ ।
मदन आश्रित टि ट्वान्टी क्रिकेट प्रतियोगिताको बुधबार राजविराजमा उद्घाटन गर्दै मन्त्री पौडेलले सो ऐन परिमार्जन नभएसम्म खेलकुद क्षेत्रको विकास सम्भंन नहुने जिकिर गर्नुभयो । उहाँले लोकतान्त्रिक खेलकुद नीति र ऐन परिवर्तन भए मात्र नेपालको खेलकुद क्षेत्रमा विकास संम्भव हुने बताउँनुभयो ।
उहाँले काठमाण्डौ बाहेक देशका सम्पुर्ण जिल्लाको खेलकुदको अवस्था दयनिय रहेको उल्लेख गर्दै यसप्रति खेलकुद परिषद समेतले कुनै ध्यान नदिएको आरोप लगाउँनुभयो । मन्त्री पौडेलले खेलकुदमा पनि राजनीतिक प्रभाव हावी रहेको उल्लेख गर्नुभयो ।
उहाँले युवा तथा खेलकुद मन्त्रालयले भविष्यमा योजनावद्ध तरिकाबाट काम गर्ने जनाउँदै युवाहरुका लागि स्वदेशमै रोजगारीको अवस्था श्रृजना गर्ने विश्वास समेत ब्यक्त गर्नुभयो ।
उहाँले नेपालबाट युवाहरु रोजगारका लागि बिदेश पलायन हुदै गएको प्रति दुख ब्यक्त गर्दै यस अवस्थालाई रोक्न देशमा छिटै राष्ट्रिय युवा परिषद संचालन हुने र युवाहरुको लागि स्वदेशमै काम गर्ने वातावरण मिलाउने जिकिर गर्नुभयो ।
मन्त्री पौडेलले ब्याटिङ्ग र महिला तथा बालबालिका संसदीय उपसमितिका संयोजक एवं सभासद रंजु ठाकुरले बलिङ्ग गरि प्रतियोगिताको उदघाटन गर्नुभयो । उद्घाटन सत्रमा नेकपा एमालेका सुमनराज प्याकुरेल, युवा संघका केन्द्रिय सदस्य निरंजन झा, एमालेका जिल्ला अध्यक्ष गोविन्द न्यौपाने, युवा संघ नेपाल सप्तरीका अध्यक्ष पशुपति कर्ण लगायतकाले शुभकामना मन्तव्य ब्यक्त गर्नुभएको थियो ।
सो अवसरमा प्रमुख जिल्ला अधिकारी बिरेन्द्र कुमार यादव, सगरमाथा अंचल प्रहरी कार्यालय राजविराजका बरिष्ठ प्रहरी उपरिक्षक रमेश प्रसाद भटराई, जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी दानसिंह बोहरा, सशस्त्र प्रहरी सिमा सुरक्षा कार्यालयका एसपी ह्दय नारायण मण्डल, राजविराज नगरपालिकाको कार्यकारी अधिकृत विष्णु प्रसाद गुरुङ्ग, क्रिकेट एसोसिएसनका केन्द्रिय सदस्य शैलेश चौधरी, नेपाल विद्यूत प्राधिकरणका प्रमुख शम्भु कुसियैत यादव लगायतकाहरुको उपस्थिति रहेको थियो ।
सप्तरीको खेलकुद क्षेत्रमा लामो समयदेखी योगदान पु¥याएका सुर्यनाथ सिंह, अमृतलाल चौधरी, दिपेन्द्र कुमार चौधरी, महबुब आलम, राजकुमार दास, धर्मेन्द्र चौधरी र राजविराज नगरपालिकाको कार्यकारी अधिकृत विष्णु प्रसाद गुरुङ्गलाई दोसल्ला ओढाएर मन्त्री पौडेलले सम्मान गर्नुभएको थियो ।
यसअघि मन्त्री पौडेलले राजरंगशालाको जिर्ण रहेको प्याराफिटको निरिक्षण गर्नुभएको थियो । निरिक्षणका क्रममा उहाँले रंगशालाको निर्माण योजना पेश गर्न जिल्ला खेलकुद समिति सप्तरीका प्रमुख लक्ष्मण मण्डललाई निर्देशन दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ