News Category 2071/09/24
नक्कली नागरिकता बनाउने गिरोहका तीन जना प्रहरीद्वारा सार्वजनिक
दैनिक संवाददाता
राजविराज,२३ पुस ।
झुठा नेपाली नागरिकताको प्रमाण पत्र खडा गरी सरकारी छाप र दस्तखत किर्ते गर्ने एक भारतीय सहित तीन जनालाई प्रहरीले पक्राउ गरि बुधबार सार्वजनिक गरेको छ ।
सप्तरीको राजविराज नगरपालिका १ स्थित नोटरी पब्लिकको कार्यालयमा नक्कली सरकारी छाप तथा दस्तखत किर्ते गरी झुट्टा नागरिकता प्रमाणपत्र खडा गरेको आरोपमा पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालय सप्तरीले सार्वजनिक गरेको हो ।
सप्तरीको राजविराज नगरपालिका ३ बस्ने ऋषी नारायण देव, सप्तरीकै बरही विरपुर गाविस वडा नं. १ बस्ने सुरेन्द्र प्रसाद यादव, भारतको विहार किसनगंज जिल्ला, डिगल बैंक थाना, महामारी गाँउ घर भई हाल झापाको राजगढ गाविस वडा नं. ४ बस्ने बर्ष २८ वर्षीय ईन्द्र कुमार राजवंशीलाई प्रहरीले सार्वजनिक गरेको हो ।
उनीहरुको साथबाट ी।ऋ।म्।कम्प्यूटर, कम्प्यूटर ऋ।ए।ग्।, प्रिन्टर, फोटोकपि मेसिन, ईटहरी विसनपुर गाविसको नक्कली छाप एक थान, ईटहरी गाँउ पञ्चायत कार्यालय सुनसरीको नक्कली छाप, बरही बिरपुर गाविसको नक्कली छाप, गाविस सचिव तथा अध्यक्ष लेखेको नक्कली छाप, स्ट्याम्प प्याड, सामसुङ मोबाईल एक थान, नोकीया मोबाईल एक थान बरामद भएको प्रहरीले जनाएको छ ।
यस्तै पकरीको गाविस १ बस्ने सिता कुमारी देव नामको नेपाली नागरिकता प्रमाणपत्र, लालापट्टी गाविस ८ बस्ने श्याम नारायण मण्डल नामको नेपाली नागरिकता प्रमाणपत्र र बोरिया गाविस. वडा नं. ३ बस्ने ऋषी नारायण देव नामको नेपाली नागरिकता प्रमाणपत्र समेत बरामद गरेको प्रहरीले सार्वजनिक गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ