News Category 2070/03/29
दुर्घटनामा दुईको मृत्यु, दुई गम्भीर घाइते
दैनिक संवादादता
रुपनी (सप्तरी), २८ असार ।
सप्तरीको छुट्टाछुट्टै ठाउँमा भएको सबारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत सीतापुर २ मा ट्रकले मोटरसाईकललाई ठक्कर दिंदा एक जनाको ज्यान गएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना. १ ख ११०५ नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको स २ प २२६३ नम्बरको मोटरसाईकललाई बिहीबार राति ठक्कर दिएको हो । ठक्करले मोटरसाइकल चालक उदयपुरको त्रिबेणी गाविस ५ घर भई सप्तरीको तेरहौता ५ मा बस्दै आएको भक्तबहादुर मगर रहेका छन् । ३५ बर्षीय मगरको घट्नास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।
सोही मोटरसाइकलको पछाडि सबार तेरहौता ५ कै दिनेश राईका १३ बर्षीय छोरा मन्दिप राई गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि विराटनगर पठाइएको प्रहरीले जनाएको छ ।
यस्तै पूर्व पश्चिम राजमार्गको भंगहा सडक खण्डमा ओभरटेक गर्दै आएको एक बसले मोटरसाइकललाई पछाडिबाट ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
अत्यधिक दू्रत गतिमा सिरहा माडडरबाट बिराटनगरतर्फ जाँदै गरेको ना४ख १४६० नम्बरको बसले अर्काे बसलाई ओभरटेक गर्ने क्रममा स.२प ११३० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।
ठक्करले मोटरसाइकल चालक सप्तरीको जमुनी मधेपुरा गाविस ५ बस्ने योगेन्द्र यादवको मृत्यु भएको छ । ठक्करले गम्भीर घाइते भएका यादवलाई उपचारका लागि घोपा क्याम्प धरान पु¥याएको केहि बेरमै मृत्यु भएको हो ।
पछाडि सबार धनिकलाल यादव गम्भीर घाइते भएका छन् । उनको रायपुरस्थित यूनिक अस्पतालमा प्राथमिक उपचार गराई थप उपचारका लागि घोपा क्याम्प धरान पठाइएको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ