News Category 2071/09/26
ग्लोबलद्वारा ८ करोड भन्दा बढी कारोबार
दैनिक संवाददाता
राजविराज, २५ पुस ।
ग्लोबल बहमुखी सहकारी संस्था लिमिटेड केन्द्रिय कार्यालय राजविराजले आ.व.२०७०÷०७१ मा कुल ८ करोड ७९ लाख ५६ हजार २ सय ३० रुपैयाँ ९७ को कारोबार गरेको छ ।
सो संस्थाले २ लाख २४ हजार ६ सय ८९ रुपैयाँ ७१ पैसा नाफा गरेको छ भने संस्थाले २०७१ अषाढ मसान्त सम्ममा शेयर सदस्य ५ हजार ७ सय ३८ महिला र ४ हजार ७ सय ९७ पुरुष ९ सय ४१ गरी जम्मा रहेको तथा सो को शेयर पुँजी १७ लाख १३ हजार ६ सय ९० रहेको जनाएको छ ।
संस्थाको शुक्रबार राजविराजमा आयोजित १४ औं साधारण सभामा संस्थाका अध्यक्ष सुखराम यादवद्वारा प्रस्तुत प्रतिवेदनमा संस्थाले १४ वर्षमा कुल १७ करोड ७९ लाख ४ हजार १ सय १३ निक्षेप संकल्न गरी १५ करोड ५२ लाख २२ हजार ९ सय €३९ बचत फिर्ता गरेको जनाइएको छ । २०७१ अषाढ मसान्त सम्मको निक्षेप २ करोड २६ लाख ८१ हजार १ सय ७४ श्रृण लगानी २ करोड ५ लाख ८५ हजार ३१ तथा सम्पत्ति १ करोड ७ लाख ५ हजार ४ सय ६१ रहेको जनाएको छ ।
संस्थामा हाल प्रत्यक्ष रुपमा ११ जना कर्मचारी, २ सय फिल्डमा स्वयंसेविका कार्यरत रहेका छन भने संस्थाको एम्बुलेन्स सेवा, आयो नुन प्रबद्र्धन, सुपथ मुल्यको सहकारी पसल, सहकारी खेति, साना सिंचाई, पोषण कार्यक्रममा साझेदारी संचालन गरिहेको छ भने महिला वातावरण तथा ग्रामिण विकास संस्थासँग सहकार्य गर्दै पोषण पुर्नस्थापना गृह संचालनमा योग्दान गर्दै आएको छ ।
२०५७ साल कार्तिक १७ गते लक्ष्मी पुजाका दिन २७ जना शेयस सदस्यबाट सेवा प्रारम्भ गरेको सो संस्थाले आ.व.२०७१÷०७२ को लागि अनुमानित आय ५३ लाख ६८ हजार १ सय ८४ र व्यय ४९ लाख ४४ हजार ६ सय ५२ रहेको तथा ४ लाख २३ हजार ५ सय ३२ रुपैयाँ मुनाफा आर्जन गरिने बार्षिक बजेट अनुमोदन गरिएको छ ।
यसअघि संस्थाका सयौ महिला पुरुषहरुको सहभागितामा निकालिएको शान्ति ¥याली नगरको विभिन्न भागको परिक्रमा पश्चात जिल्ला विकास समितिको सभाहलमा पुगेर बार्षिक साधारण सभाको आयोजना गरेको थियो ।
सो सभामा सभासद् उमेश कुमार यादवले यस संस्थाले मुठिया बचत कार्यक्रम तथा परेवा पान कार्यक्रम प्रभावकारी रहेकाले यसबाट यहाँका महिलाहरुमा आमुल परिवर्तन आएकोमा खुशि ब्यक्त गर्नुभयो ।
प्रमुख अतिथिको आसन्नबाट बोनुहुँदै सभासद यादवले मुलुकमा आमु परिवनर्तन ल्याउानका लागि यी यस्ता सहकारी संस्थाहरुले अहम भुमिका निर्वाह गरेको बताउँनुभयो ।
संस्थाका अध्यक्ष सुखराम यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख विजय कुमार झा, जिल्ला सहकारीका प्रबन्धक रमेश गुप्ता, नेपाल पत्रकार महासंघका पार्षद श्याम सुन्दर यादव, राष्ट्रिय सहकारी बैंकका प्रमुख लोकेन्द्र केसी, राष्ट्रिय सहकारी बैंक व्यवस्थापन समितिका संयोजक विश्वनाथ मण्डल, महिला वातावरण तथा ग्रामिण विकास संस्थाका अध्यक्ष तुलसी यादव, शेयर सदस्यद्वय जोगेन्द्र चौधरी, उमेश कुमार यादव, संचालक सदस्य लिला ठाकुर, स्वयंसेविका प्रभा साह, शारदा चौधरी लगायतका बक्ताहरुले संस्थाको उन्न्ति र प्रगतिको कामना गर्नुभएको थियो ।
सो कार्यक्रमको संचालन संस्थाका प्रमुख व्यवथापक राम नारायण मेहताले गर्नुभएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ