News Category 2071/09/25
अभिव्यक्ति बिरुद्ध एमाले अध्यक्ष ओलीको पुत्ला जलाइयो
दैनिक संवाददाता
राजविराज, २४ पुस ।
“भारतको विहार र उत्तर प्रदेश पनि सम्मै छन् त्यो पनि दाबी गर्नुहुने हो कि ?” भन्ने अभिव्यक्ति बिरुद्ध बिहीबार राजविराजमा संयुक्त मधेशी मोर्चा र ३० दलिय मधेशी मोर्चा संयुक्त रुपमा नेकपा एमालेका अध्यक्ष केपी ओलीको पुत्ला दहन गरेको छ ।
नेकपा एमालेका अध्यक्ष केपी ओलीले बुधबार काठमाडौंमा आयोजित मधेशी मोर्चासहितको बैठकमा मधेशी दलहरुलाई होच्याएर दिएको अभिव्यक्ति बिरुद्ध काठमाडौं लगायत मधेशका अधिकांश जिल्लाहरुमा बिहीबार पुत्ला दहन गरिएको हो ।
उहाँले बैठकमा व्यङ्ग्यात्मक शैलीमा ‘सबै सम्म भूभाग उहाँहरुलाई (मधेसवादी दललाई) चाहिने भए सबैका आँगन पनि सम्म हुन्छन्, त्यो पनि चाहियो भन्नुहोला, अनि छिमेकमा विहार र उत्तर प्रदेश पनि सम्मै छन् त्यो पनि दाबी गर्नुहुने हो कि ?’ भनेपछि बैठकमा मधेसवादी नेताहरु उत्तेजित भएको बैठकमा सहभागी नेताले जानकारी दिनुभयो ।
राजविराजस्थित तमलोपा पार्टी कार्यालयबाट निकालिएको बिरोध जुलुसले जनआनदोलन चौकमा पुगेर पुत्ला दहन गरेको थियो ।
पुत्ला दहन पश्चात् आयोजित बिरोध सभामा विद्यार्थी मंचका जिल्ला अध्यक्ष शम्भु कुमार यादव, विद्यार्थी नेता तुलानाथ माझी, विद्यार्थी फोरम नेपालका श्याम कुमार यादव, मधेशी विद्यार्थी फोरम लोकतान्त्रिकका सचेन्द्र यादव लगायतकाहरुले बोल्नु भएको थियो ।
सोही बिरोध सभामा एमाओवादीका जिल्ला संयोजक एवं सभासद अशोक मण्डल अमर, राष्ट्रिय मधेश समाजवादी पार्टीका जिल्ला अध्यक्ष गजेन्द्र मण्डल, मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका सत्य नारायण यादव, सद्भावना पार्टीका अध्यक्ष सुनिल झा, फोरम नेपालका अध्यक्ष दिनेश कुमार यादव, तमलोपाका रामपृत यादव लगायतकाहरुको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ