News Category 2071/09/25
डाढा गाविसमा गोप्य रुपमा गाउँ परिषद गरेको खुलासा
शुभ नारायण यादव
राजविराज, २४ पुस ।
सप्तरीको डाढा गाविसको गाउँ परिषद बिहिबार गाविस भवनमा गोप्य तरिकाबाट बन्द कोठामा गरेको रहस्य खुलेको छ ।
गाविस सचिव केशव झाले गाविसको योजना तर्जुमा गर्न लागेको भन्दै स्थानीयहरुलाई गाउँ विकास समितिको कार्यालय डाढाको भवनमा भेला गराई गाविसको बन्द कोठामा स्थानीय केही राजनीतिक दलका प्रतिनिधिहरुलाई भेला गरी गोप्य रुपमा गाउँ परिषद गराएको आरोप स्थानीयहरुले लगाएका छन् ।
गाविसमा योजना तर्जुमा गर्न लागेको भन्दै स्थानीयहरुलाई जानकारी गराई बिहिबार राति अबेरसम्म भेला भएका स्थानीयहरुलाई बाहिर राखि गोप्य रुपमा योजना तर्जुमा नाउँमा गाउँ परिषद गरेको स्थानीयहरुले बताएका छन् ।
स्थानीय नेपाली काग्रेसका प्रतिनिधि दिप नारायण साहले दिनभरी स्थानीयबासीहरुलाई भेला गराई एउटा बन्द कोठामा सिमित राजनीतिक दलका प्रतिनिधिहरुलाई भेला गराई योजना तर्जुमाको नाउँमा गाउँ परिषद गरेको आरोप लगाउनु भयो ।
त्यस्तै डाढा निवासी तथा नेपाल सदभावना पार्टी गजेन्द्रवादीका राष्ट्रिय अध्यक्ष विकास कुमार तिवारीले गाउँ परिषद गाउँका सम्पुर्ण सर्वसाधारणहरुलाई भेला गराई गाविसको आय व्यय सार्वजनिक गर्नुपर्ने तथा गाविस सचिव तथा यहाँका केही राजनितिक दलका सिमित प्रतिनिधिहरुलाई एउटा बन्द कोठामा भेला गराई बन्द कोठामा योजना छनौट गर्नु तथा गाविसको विकासीय बजेट बाडफाँड गरी गोप्य तरिकाबाट गाउँ परिषद गरेको भन्दै सो परिषदलाई मान्य नहुने बताउँनुभयो ।
गाविसको योजना तर्जुमा हो भनि स्थानीयहरुसँग रजिष्ट्रमा उपस्थिति गराई पछि बन्द कोठामा गोप्य तरीकाबाट केही सिमित राजनितिक दलका प्रतिनिधिहरुलाई भेला गराई गोप्य तरीकाबाट जनताको उपस्थिति बिना नै गाउँ परिषद गराएको भन्दै स्थानीय राज नारायण तिवारीले सो गोप्य परिषदको विरोध गर्नुभएको छ ।
सर्वसाधारणलाई जानकारी नदिई गोप्य तरीकाबाट गरेको गाउँ परिषदमा सिमित ब्यक्तिहरुको योजना छनौट गरी पारित गर्ने कार्य बन्द गर्नुपर्ने तथा सर्वसाधारणहरुको उपस्थितिमा गाउँ परिषद गर्नुपर्ने माँग नागरिक वडा मंचका संयोजक बैजु कामतको भनाई छ ।
यसैबिच गोप्य तरीकाबाट गरीएको गाउँ परिषदमा छनौट गरीएका योजनाहरु आफुहरुले नमानेको भन्दै वडा नागरिक मंचका संयोजक तथा दलित जनजाती पार्टीका प्रतिनिधि बिरेन्द्र कुमार मण्डलले माईन्युटमा नोट अफ डिसेन्ट लेखि बहिस्कार गरेको जानकारी दिनुभयो ।
यता सो सम्बन्धमा गाविस सचिव झाले योजना तर्जुमा गरेको तथा त्यसबाट आएका योजनाहरुलाई गाउँ परिषदबाट पारित गर्ने बताएपनि गोप्य कोठामा सिमित ब्यक्तिहरुको उपस्थितिमा कुन योजना तर्जुमा गर्न लागेको भन्ने प्रश्नमा केही जवाफ दिनुभएन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/01/30 रोकिएनन् लेखापढीहरुको अनाधिकृत रकम असुली, “दुई हजार पाँचसय देखी पाँच हजार रुँपैया” सम्म लिदै
- 2082/01/30 आमा र भाइले आफुलाई बदनाम गर्न खोजेको जेठो छोराको गुनासो
- 2082/01/30 अनुमति लिएको भन्दा बढी आठ विद्यालयले कक्षा संचालन गर्दै
- 2082/01/30 विभिन्न बहानामा दलितमाथी हुने गरेको विभेद विरुद्ध कारवाहीको माग
- 2082/01/29 कान्छो छोरालाई थाहै नदिई जेठो छोराले आफूलाई समेत झुक्याई ऋण लिएको आमाको आरोप
- 2082/01/29 राजबिराज बसपार्कको एक हप्ता भित्रै उद्घाटन हुने
- 2082/01/29 शान्ति अहिंसालाई सबैले आत्मसात गरेर हिड्न सके मात्र समाज परिवर्तन गर्न सकिन्छ ः मन्त्री लेखी
- 2082/01/28 हटियाको जग्गा पुनः अतिक्रमण
- 2082/01/28 पोखरीको सौन्दर्यकरण तथा भलुवाही खोलाको तटबन्ध निर्माण कार्य सुरु
- 2082/01/28 प्रेस सेन्टरद्वारा दश बुँदे माग राख्दै प्रधानमन्त्रीलाई ज्ञापन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ