News Category 2071/09/27
लोकेन्द्र स्मृति पुरस्कार शुभ नारायणलाई प्रदान पत्रकारिता पेशा चुनौतीपूर्ण ः आयुक्त डा. यादव
राजविराज÷लाकेन्द्र स्मृति पत्रकारिता पुरस्कार २०७१ यस वर्ष राजविराज दैनिकका प्रतिनिधी शुभ नारायण यादवलाई प्रदान गरिएको छ ।
नेपाल पत्रकार महासंघ शाखा सप्तरीको आयोजनामा शनिबार राजविराजमा आयोजित २१ औं लोकेन्द्र कुमार बुढाथोकी स्मृति दिवस तथा पत्रकारिता पुरस्कार वितरण समारोहमा निर्वाचन आयुक्त डा.अयोधी प्रसाद यादवले पत्रकार यादवलाई सो पुरस्कार प्रदान गर्नुभएको हो ।
विगत एक दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय रहनुभएका युवा पत्रकार यादवले उत्कृष्ट समाचार लेखे वापत उहाँलाई रु.२ हजार १ सय नगद सहित प्रमाणपत्रले पुरुस्कृत गरिएको हो ।
पुरस्कार वितरण पश्चात निर्वाचन आयुक्त डा.यादवले पत्रकारिता क्षेत्रमा सप्तरी अहिले धनि रहेको बताउँदै समाज निमार्णको सम्वाहकको रुपमा संचारकर्मीहरुले अहम भुमिका निर्वाह गर्दै आएको जिकिर गर्नुभयो ।
आयुक्त यादवले उहाँले पत्रकारिता पेशा चुनौती पुर्ण रहेकाले पत्रकारहरुको सुरक्षाका लागि राज्य गम्भिर बन्नुपर्नेमा जोड दिदै अहिलेको चुनौतीपुर्ण अवस्थामा पत्रकारले स्वच्छ, सत्यतथ्य, पारदर्शि र स्वतन्त्र रुपमा पत्रकारिता गर्नुपर्ने कुरामा बताउनुभयो ।
एक अर्को प्रसङ्गमा उहाँले आचार सहिता बनाएपनि मिडियाहरुले त्यसलाई उलङघन गर्ने कार्य गरिरहेको प्रति आपत्ति जनाउँदै मिडियालाई नियन्त्रण गर्न समस्या परेको उल्लेख गर्नुभयो ।
पत्रकार महासंघ सप्तरीका अध्यक्ष प्रकाश खतिवडाको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रेस काउन्सिलका पूर्व सदस्यद्वय अनिल कुमार अनल र देवराम यादव, महासंघका पूर्व अध्यक्षद्धय शिवहरि भट्टराई, पुरस्कार छनौट समितिका संयोजक समेत रहनु भएका बैजनाथ झा र धिरेन्द्र साह, महासंघका पार्षद मनोहर पोखरेल, सप्तरीका प्रहरी प्रमुख दानसिंह बोहरा, प्रेस चौतारीका अध्यक्ष अम्बिका दाहाल, क्रान्तिकारी पत्रकार संघका अध्यक्ष राजु विशवकर्मा, मैथिली साहत्यि परिषद्का अध्यक्ष शुभचन्द्र झा लगायतका वक्ताहरुले स्व. पत्रकार बुढाथोकीको जिवनी र समसामयिक पत्रकारिता बारे चर्चा गर्नुभएको थियो । सो कार्यक्रममा स्वागत मन्तव्य तथा स्व.बुढाथोकीको जीवनी बारेमा महासंघका उपाध्यक्ष श्रवणकुमार देवले प्रकाश पार्नुभएको थियो भने कार्यक्रम संचालन सचिव आमेप्रकाश साहले गर्नुभएको थियो ।
सोही अवसरमा महासंघका अध्यक्ष प्रकाश खतिवडाले निर्वाचन आयुक्त डा. यादवलाई दोसल्ला ओढाएर सम्मान समेत गर्नुभएको थियो । सोही कार्यक्रममा आयुक्त डा. यादवले स्व. बुढाथोकी स्मृति पुरस्कार कोषमा रु. ५ हजार आर्थिक सहयोग गर्ने घोषणा समेत गर्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ