News Category 2080/08/20
महिला क्रिकेट छनोट खेलमा खडक बिजयी

दैनिक समाचारदाता
राजविराज, १९ मंसिर ।
पिएम कप महिला राष्ट्रिय क्रिकेट छनोट प्रतियोगिता अन्तर्गत सप्तरी जिल्ला छनोट प्रतियोगिता तथा त्रिकोणात्मक सिरिजमा खडक बिजयी भएका छन ।
मंगलबारको खेलमा खडकले सुरूङ्गालाई २० रनले पराजित गर्दै जित हात पारेको हो । टस जितेर खडकले ब्याटिंङ गर्दै निर्धारित २० ओभरमा २ बिकेटको क्षतिमा १ सय १३ रनको योगफल खडा गरेको थियो ।
जसमा अन्जली चौधरीले ६ चौकाको मदतले सर्वाधिक ३९ बनाउदै अविजित खेलेकी थिईन । यसैगरी रमिता कुमारी मण्डलले १८ रन अविजित र चाँदनी ठाकुर १७ रन जोडेकी थिइन । बलिंङतर्फ सुरूङ्गा सरभाईवलका रमिता चौधरी र संगिता चौधरीले १÷१ बिकेट लिएका थिए ।
जवाफमा सुरूङ्गा सरभाईवलले २० ओभरमा ४ बिकेट गुमाएर ९३ रन मात्र बनाउन सक्यो । जसमा निरूता चौधरीले २९ रन र नविता चौधरी १३ रन बाहेक कुनै पनि खेलाडी दोहोरो अंक पार गर्न सकेनन् । बलिङतर्फ खडक कुईनसका मंजु राम, चाँदनी ठाकुर र आरती रामले समान्य १÷ १ बिकेट हात पारेका थिए ।
खेलमा उत्कृष्ट प्रदर्शन गरेका खडक कुईनसका अन्जली चौधरी प्लेयर अफ दि म्याच घोषित भएको सप्तरी क्रिकेट संघले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
- 2082/06/10 संसद भवन बचाउने क्रममा गोली चलाएर गरिएको ठूलो नरसंहार उचित होइन ः महामन्त्री शर्मा
- 2082/06/08 जेनजी आन्दोलनका क्रममा सप्तरीका पालिका र सरकारी कार्यालयमा ७५ करोड भन्दा बढीको क्षती
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ