News Category 2071/09/30
आ.ब. २०७२÷७३ का लागि राजविराज नगरपालिकाको करिब ११ करोड बजेट
दैनिक संवाददाता
राजविराज, २९ पुस ।
राजविराज नगरपालिकाको १८ औं नगर परिषद् मंगलबार सम्पन्न भएको छ । राजविराज नगरपालिकाका प्रमुख एवं कार्यक्रम अधिकृत बिष्णु प्रसाद गुरुङले आ.ब. २०७२÷७३ का लागि कुल १० करोड ९० लाख ७० हजार ५ सयको आयब्यय प्रस्तुत गर्नुभयो ।
प्रस्तुत आयव्ययमा आ.ब. २०७२÷०७३ का लागि चालुतर्फ प्रशासनिक, एलजिसिडीपी, सेवा निवृत सुबिधा आदि रु. ३ करोड ८१ लाख ९६ हजार ५ सय कुल बजेटको ३५.०२ प्रतिशत छुटयाईको छ । जसमा कुल पुंजिगत तर्फ रु.७ करोड ८ लाख ७४ हजार कुल बजेटको (६४.८) प्रतिशत, कुल पुुंजिगत मध्ये शशर्त जगेडा, सडकवोर्ड, स्थानीय विकास शुल्क, अन्य श्रोत तथा दातृ निकाय तर्फको पुंजीगत कार्यक्रम ५ करोड ७९ ाख ७९ हजार कुल पुंजीगत तर्फ बजेटको ८१.८० प्रतिशत रहेका छन ।
त्यस्तै कुल पुंजीगतको निशर्त पुंजीगत अनुदान १ करोड १७ लाख ७९ हजार मध्ये सम्पुरक कोष नगरपालिकाको संचालित योजनाहरुमा लाग्ने सहभागिताको लागि ९५ लाख, निशर्त पुंजीगत अनुदान रु.१ रोड १७ लाख ७९ हजार मध्ये समपुरक कोष कटा गरी बाँकी रहेको रकम २२ लाख ७९ हजार मध्ये लक्षितवर्ग कार्यक्रम तर्फ ९ लाख ५० हजार निशर्त पुंजीगत तर्फ १ करोड १७ लाख ७९ हजार बजेटको ४१.६८ प्रतिशत निशर्त पुंजीगत अनुदान रु.१ करोड १७ लाख ७९ हजार मध्ये सम्पुरक कोष तथा लक्षितवर्ग कार्यक्रम कटा गरी आर्थिक सामाजिक र भौतिक पुर्वाधार विकास तथा प्रवद्धनात्मक विकास कार्यक्रम रु.१३ लाख २९ हजार निशर्त पुंजीगत तर्फ रु. १ करोड १७ लाख ७९ हजार बजेटको ११.२८ प्रतिशत छुटयाईको छ ।
त्यसैगरी कुल जम्मा १० करोड ९० लाख ७० हजार ५ सय हुन आएको उल्लेख गर्दै बजेट विनियोजन गर्दा महिला तथा बालबालिका, दलित, आदिवासी तथा जनजाती, भिन्न क्षमता भएकाहमास्रु, विपन्न समुदायहरुलाई श्रोत साधन भ्याएसम्म विशेष ध्यान दिईने जनाएको छ ।
यसअघि सप्तरी क्षेत्र न. ३ का सभासद उमेश कुमार यादवले परिषदको उदघाटन गर्दै राजविराज नगरपालिकाको हुँदै गएको क्रमिक विकास संतोषजनक रहेको धारणा ब्यक्त गर्नुभयो । उहाँँले नगरको सरसफाई, सुगुंर नियन्त्रण, नगर ब्यवस्थित, सडकहरु फराकिलो गर्ने कार्य, नगरमा बृक्षारोपण लगयतका कामहरु अझ प्रभावकारी ढंगले गर्नुपर्ने सुझाव समेत दिनुभयो ।
त्यसैगरी सोही परिषदमा नगरपालिकामा उत्कृष्ट कार्य गर्ने कर्मचारी र करदाताहरुलाई सम्मान तथा प्रशसांपत्र प्रदान गरिएको छ । यसअघि सो आयव्यय प्रस्तुत गर्दै प्रमुख गुरुङले नीति कार्यक्रम प्रभावकारी तरिकाले कार्यान्वयन गराउन सम्बन्धित सम्पूर्ण पक्षसँग अपेक्षा समेत गर्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ