News Category 2071/09/30
मोरंगद्वारा मदन आश्रित कप क्रिकेट प्रतियोगिताको उपाधीमाथी कब्जा
दैनिक संवाददाता
राजविराज, २९ पुस ।
राजविराजमा संचालित मदन आश्रित टि २० राष्ट्रिय क्रिकेट प्रतियोगिता उपाधी मोरंगको होराईजन एकेडेमीले हात पारेको छ ।
युवा संघ नेपाल, नगर कमिटिको आयोजना तथा सप्तरी क्रिकेट संघको समन्वयमा संचालित रोमान्चक फाइनल खेलमा सप्तरीको राजदेवी क्रिकेट एकेडेमीलाई मोरङले १५ रनले पराजित गरि उपाधी हात पारेको हो ।
दर्शकले भरिभराउ राजरंगशालामा मंगलबार सम्पन्न फाईनलमा होराईजनले टस जिति पहिलो ब्याटिङ गर्दै निर्धारित २० ओभरको खेल ९ बिकेट गुमाई १ सय २५ रनको योगफल तयार पारेको थियो । होराईजनका लागि रवी रोयले २७ रन, फिरदोस अंसारीले अविजित १४ रन बनाएका थिए भने अतिरिक्त ३१ रन पाएको थियो ।
बलिङतर्फ राजदेवीका महवुव आलम र जितेन्द्र यादवले सामान २, राजिव सिंह, रवी माझी, जुगल किशोर चौधरी र गुणानन्द रोयले सामन १ बिकेट लिएका थिए ।
१ सय २६ रनको लक्ष्य लिई मैदानमा ओर्लेको राजदेवी क्रिकेट एकेडेमीले १९ ओभर आफनो सम्पुर्ण बिकेट गुमाई १ सय १० रन मात्र बनाएपछि हार ब्योहोरेको थियो । राजदेवीका लागि अमित सिंह ३५, रवी माझी १८ र बिजय मण्डलले १५ रनको योगदान दिएका थिए । राजदेवी एकेडेमीलाई सस्तोमा समेटन होराईजनका मनोज मण्डलले ४ बिकेट, बिद्यान गोस्वामी २, अरसलान अख्तर २ तथा प्रकाश निरौला र फिर्दोस अंसारीले सामान १ बिकेट लिएका थिए ।
खेलको म्यान अफ द म्याच होराईजनका बिद्यान गोस्वामी घोषित भएका थिए । त्यसै गरि प्रतियोगिताको बेष्ट ब्याट्स्म्यान राजदेवी एकेडेमीका अमित सिंह, बेष्ट बलर होराईजनका पुष्प थापा तथा म्यान अफ द सेरिज किर्तिमानी खेलाडि महवुव आलम घोषित भए ।
बिजयी खेलाडिहरु तथा अफिसियलहरुलाई सप्तरी उधोग बाणज्य संघका अध्यक्ष अरुण प्रधान, सप्तरी क्रिकेट संघका अध्यक्ष शैलेश कुमार चौधरी, युवा संघका अध्यक्ष पशुपती कर्ण, एमाले पूर्वान्चल अंचल कमिटी पूर्वसचिव सुमन राज प्याकुरेल, राजबिराज नगरपालिकाका प्रमुख एवं कार्यकारी अधिकृत बिष्णु प्रसाद गुरुङ, समाजसेवी बिष्णु यादव, अम्पाएर मागीलाल शर्मा तथा युवा संघ नगर कमिटी अध्यक्ष दिपक कुमार यादव लगायतले नगद तथा प्रमाण पत्र बितरण गर्नु भएको थियो । कार्यक्रमको संचालन सप्तरी क्रिकेट संघका सचिव आयुश श्रेष्ठले गर्नु भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ