News Category 2080/09/18
उदयपुरलाई मेयर गोल्डकप फुटबलको उपाधी
दैनिक समाचारदाता
राजविराज, १८ पुस ।
सप्तरीको खडक नगरपालिका ३ कंचिरामा सञ्चालित पाँचौ मेयर गोल्डकप फुटबल प्रतियोगिताको उपाधी मानिथम फुटबल क्लब उदयपुरले हात पारेको छ ।
प्रतियोगिता अन्तर्गत आज सम्पन्न फाइनलमा बिराटनगर स्पोर्टस एकेडेमी मोरंगलाई टाईब्रेकरमा तीनका बिरुद्ध पाँच गोल अन्तरले पराजित गर्दै मानिथम टिमले उपाधी हात पारेको हो ।
अत्यन्तै प्रतिष्पर्धात्मक खेलको पहिलो हाफको १५ औं मिनेटमा बिराटनगरका सुमन चौलागाईले डिबक्स भित्रबाट आकर्षक गोल गर्दै टिमलाई अग्रता दिलाएको थियो । त्यसको ३ मिनेट नबित्दै मानिथम फुटबल क्लबका खेलाडीले गरेको प्रहार जोगाउन खोज्दा बल बिराटनगर तर्फको गोल पोष्टको जाली चुमेपछि खेल बराबरीको अवस्थामा पुगेको थियो । पहिलो हाफकै ३२औं मिनेटमा बिराटनगरको डिबक्स भित्र पाएको फ्रि किकको फाईदा उठाउँदै मानिथम फुटबल टिमले सुन्दर गोल गर्दै टिमलाई दुई– एकको स्थितिमा पुर्याएको थियो । अत्यन्तै रोमाञ्चक बनेको प्रतियोगिताको दोश्रो हाफको २८ औं मिनेटमा बिराटनगरका ओम चाौधरीले गोल गर्दै खेललाई पुनः बराबरीमा पुर्यायो । निर्धारित समय बराबरीमा टुगिंएपछि खेलको निर्णय टाईब्रेकरबाट लिईएको थियो ।
उपाधीसँगै मानिथम क्लबले रु. ५१ हजार नगद तथा कप प्राप्त गरेको छ भने उपबिजेता बिराटनगर टिमले नगद रु. ३१ हजार तथा कपमा चित बुझाएको छ ।
प्रतियोगिता पश्चात आयोजित समापन तथा पुरस्कार वितरण कार्यक्रममा खडक नगरपालिकाका नगरप्रमुख जयप्रकाश चौधरी, उपप्रमुख रिता कुमारी चौधरी, वडा नम्बर ३ का वडाअध्यक्ष देवनारायण चौधरी लगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गरे ।
खडक नगरपालिकाको सहयोगमा बाईज युनियन फुटबल क्लब कंचिराद्वारा गत पुस ८ गतेदेखि सञ्चालित प्रतियोगितामा सप्तरी, सिरहा, उदयपुर, मोरंग तथा सुनसरीका गरी १० टिम सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ