News Category 2071/10/01
चम्बलका डाँकाले जस्तो फरमान जारी गर्दैमा डराउँदिन ः सभासद् मण्डल
दैनिक संवाददाता
राजविराज, ३० पुस ।
नेकपा एमालेका स्थायी समिति सदस्य एवं सभासद् सत्यनारायण मण्डलले आफु चम्बलका डाँकाले जस्तो फरमान जारी गर्दैमा कसैसित नडराउने बताउनुभएको छ ।
सप्तरी निवासी सभासद् मण्डलले प्रदेश विभाजनमा मधेस, पहाड र हिमाल मिलाएर प्रदेश बनाउनुपर्ने भनि एमालेको बैठकमा दिएको सुझावको विरोध गर्दै यहाँस्थित एमाओवादी, मधेसवादीसहितका ३० दलीय मोर्चाले मंगलवार मात्रै गृह जिल्ला प्रवेशमा उहाँलाई रोक लगाउने निर्णय गरेका थिए ।
सोही निर्णयप्रति प्रतिक्रिया जनाउनुहुँदै सभासद् मण्डलले यस्तो बताउनु भएको हो । ‘म नेपालको वाम लोकतान्त्रिक आन्दोलनमा पाँच दशकसम्म पेशेवर रुपमा लडेको योद्धा हुँ’, बुधवारको संस्करणमा अनलाईनखबर डटकमलाई सभासद् मण्डलले प्रतिक्रिया दिंदै भन्नुभएको छ, ‘तराईका जमिन्दार सामन्तहरु विरुद्ध लडेको मान्छे हुँ, तीनै अपराधीहरु आज ३० दलको नाममा एकजुट भएर मलाई फतवा जारी गर्दैमा डराउँदिँन ।’
सप्तरीको भूगोल राज्यको हो कि केही सामन्त जमिन्दारको हो भन्ने प्रश्न गर्दै मण्डलले भन्नुभएको छ, ‘चम्बलका डाँकाले जस्तो फरमान जारी गर्दैमा म डराउँदिन, तत्कालै सप्तरी गएर जनतालाई उठाउँछु ।’
सभासद् मण्डलले मधेसी, जनजाति र पहाडी खस आर्यहरु मिलेर बस्नुपर्छ भन्दा आफूमाथि आक्रमणको धम्की आएको दाबीसमेत गर्नुभयो । ‘हिमाल पहाड र तराई मिल्नुपर्छ भनेर मैले के अपराध गरेँ’, मण्डलले भन्नुभयो, ‘म धम्कीको सामना गर्न तयार छु, आफ्नो बिचार छाड्दिन, माफीको त कुरै नगर्नु, गृहजिल्ला आएर जनतालाई उठाउनेछु ।’
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ