News Category 2071/10/02
३० दलिय गठबन्धनको विभिन्न निर्णय सार्वजनिक
दैनिक संवाददाता
राजविराज, १ माघ ।
मधेशी जनअधिकार फोरम लोकतान्त्रिकको पार्टी जिल्ला कार्यालय सप्तरीमा बिहिबार सम्पन्न ३० दलिय गठबन्धन आन्दोलन परिचालन समितीको बैठकले विभिन्न निर्णयहरु गरेको छ ।
सम्पन्न बैठकले आन्दोलनलाई सशक्त बनाउँदै पार्टीहरुले सम्पुर्ण शक्ति परिचालन गर्ने निर्णय गरिनुका साथै विभिन्न समितीहरु समेत गठन गरिएको प्रचार प्रसार समितीका संयोजक गजेन्द्र मण्डलशस्द्वारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख गरिएको छ ।
हस्ताक्षरित विज्ञप्तीमा आन्दोलनलाई प्रभावकारी बनाउँन फोरम नेपालका राजनीती समिति सदस्य शैलेन्द्र प्रसाद साहको संयोजकत्वमा १ सय ५१ सदस्यीय जनपरिचालन समिती गठन गरेको जनाएको छ ।
त्यसैगरी सद्भावना पार्टीका जिल्ला अध्यक्ष सुनील झाको संयोजकत्वमा आर्थिक व्यवस्थापन समिती र राष्ट्रिय मधेश समाजवादी पार्टीका अध्यक्ष गजेन्द्र मण्डलको संयोजकत्वमा प्रचार प्रसार समिती गठन गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
त्यस्तै जनपरिचालन समितीमा सवै पार्टीका केन्द्रदेखि जिल्लास्तर सम्मका नेता तथा कार्यकर्ताका साथै भातृ संगठनका पदाधिकारीहरु समेत रहने निर्णय गरिएको संयोजक मण्डलद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ