News Category 2071/10/06
बन्दको पूर्व सन्ध्यामा मसाल जुलुस प्रदर्शन
दैनिक संवाददाता
राजविराज, ५ माघ ।
संयुक्त आन्दोलन परिचालन समिती सप्तरीको नेतृत्वमा बन्दको पूर्व सन्ध्यामा सोमबार साँझ राजविराजमा मसाल जुलुस प्रर्दशन गरिएको छ ।
संविधानसभाबाट सहमतिमा संविधान, पहिचान र अधिकारसहितको अग्रगामी संविधान निर्माणको माग गर्दै आन्दोलनमा उत्रेका संयुक्त आन्दोलन परिचालन समिती सप्तरीले बन्दको पूर्व सन्ध्यामा सो मसाल जुुलुस प्रदर्शन गरेको हो ।
राजविराजस्थित राजरंगशालाबाट निकालिएको सो मसाल जुलुस नगरको विभिन्न भागको परिक्रममा गर्दै जनआन्दोलन चौकमा सभामा परिणत भएको थियो ।
सो सभामा संघिय गणतान्त्रिकका बेद बहादुर तामाङ्ग, मधेशी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष नरेन्द्र यादव, नेकपा–माओवादीका दिपेन्द्र माझी, तराई मधेश लोकतान्त्रिक पार्टीका वौवा लाल शर्मा, राष्ट्रिय मधेश समाजवादी पार्टीका युवा नेता तेज नारायण यादव, तराई मधेश अभियानका आरडी आजाद, फोरम नेपालका युसुफ अलि, एमाओवादीका नगर कमिटिका केदार देव लगायतका बक्ताहरुले भोलीको आमहडताललाई सफल पार्नको लागि आग्रह गर्नुभयो । सो कोण सभामा बलिदानी दिवसको अवसरमा बिर शहिदहरुप्रति १ मिनेट मौन धारणा समेत गरिएको थियो ।
एमाओवादी, मधेशी दलहरु, बैद्य नेतृत्वको नेकपा माओवादीसहितको मोर्चा, जेपी गुप्ताको संयोजनमा रहेको तमरा अभियान, मातृका यादव नेतृत्वको मोर्चा, पद्यमरत्न तुलाधार नेतृत्वको आदिवासी जनजातीससहितको मोर्चा लगायतका दलहरु संयुक्त आन्दोलन परिचालन समितीमा रहेका छन् । संयुक्त आन्दोलन परिचालन समितिले माघ ६ गते आमहडतालको घोषणा गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ