News Category 2080/10/22
टि–ट्वान्टी कप प्रतियोगिता सुरु
दैनिक समाचारदाता
राजविराज, २२ माघ ।
नेपाल विद्यार्थी संघ नगर समितिद्वारा सोमबारदेखी यहाँ वडा स्तरिय टि–ट्वाइन्टी कप क्रिकेट प्रतियोगिता सुरु भएको छ ।
प्रतियोगिताको उद्घाटन खेलमा वडा नं. ९ बिहारपुरले वडा नं. १ पडरिया क्रिकेट टिमलाई ७ विकेटले पराजित गरेको छ । स्थानीय पडरिया खेल मैदानमा सुरु भएको प्रतियोगितामा नगरका सबै १६ वटै वडाका क्रिकेट टिमको सहभागिता रहेको छ ।
आयोजक समितिका अध्यक्ष समेत रहेका नेवि संघ नगर सभापति मो. परवेजको अध्यक्षतामा आयोजित प्रतियोगिताको नेपाली काँग्रेसका युवा नेता मो. इर्साद अन्सारीले उद्घाटन गरे । सो अवसरमा नेवि संघका केन्द्रिय सदस्य तिर्थनारायण दास, नेवि संघ सप्तरीका अध्यक्ष राकेश ठाकुर, तरुण दल सप्तरीका पूर्व सचिव बिरेन्द्र मण्डल, नेवि संघका बुथ सभापति श्याम शर्मा लगायतले शुभकामना दिए ।
आठ दिनसम्म चल्ने प्रतियोगितामा प्रथम हुने टिमलाई २५ हजार नगद तथा ट्रफि र द्वितिय हुनेलाई १५ हजार नगदसहित ट्रफि प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ