News Category 2070/03/29
बाढी प्रभाबित गाविसहरुमा रोगको संक्रमण फैलिने खतरा
दैनिक संवादादता
राजविराज, २८ असार ।
बाढीबाट प्रभाबित सप्तरीको बिभिन्न गाविसमा रोगको संक्रमण फैलिने खतरा बढेको छ ।
बस्तीमा पसेको पानीको निकास हुन नसकेका कारण बिस्तारै पानी प्रदुषित भएर बिभिन्न रोगको संक्रमण फैलिने खतरा बढेको हो ।
अबिरल बर्षा रोकिएपनि बस्तीमा आएको बाढीको पानीको निकास अझै नहुदाँ झाडा पखाला, रुघा खोकी, ज्वरो लगायतका रोगको संक्रमण फैलिने खतरा रहेको स्थानियहरुले बताएका छन् ।
बस्तीमा जमेको पानी बिस्तारै सुक्न थालेकोले सप्तरीको ओद्राहा, पोर्ताहा, तिलाठी, त्रिकोल लगायतका गाविसमा रोगको संक्रमण फैलिन सम्भावना बढेको स्थानियहरुले बताएका छन् ।
बस्तीमै बाढीको कारण सप्तरीको तिलाठी गाविसमा बिभिन्न सर्वसाधारणहरु बिरामी पर्न थालेका छन् स्थानिय निरज झा भन्नुहुन्छ–‘‘ पानीको निकास छैन्, बिस्तारै पानी दुर्गन्धित भएर मानिसको स्वास्थ्यमा प्रतिकुल प्रभाव पार्दै आएको छ ।”
अबिरल बर्षापछि बिगत दुई दिनदेखि बढे्को चर्काे घामका कारण बाढीसँगै आएको भ्यागुतो, सर्प, माछा लगायतका जिवहरु बिस्तारै मर्न थालेकाले बस्तीनै दुर्गन्धित बन्न थालेको झाको भनाई छ ।
बर्षाको समयमा बर्षेनी डुबानको समस्या भोग्दै आएको सप्तरीको तिलाठी गाविसमा बर्षाको पानी सकेपछि रोगको संक्रमण फैलिने गरेको छ ।
करिब ५ बर्षअघि बर्षाको समयमा तिलाठी गाविसमा हैंजाको जिवाणु फेला परेको थियो । उक्त हैजाको जिवाणुबाट तीन जनाको मृत्यु भएको थियो भने तीन दर्जन स्थानियबासीहरु पीडित बनेका थिए ।
गत बर्षपनि बर्षाको समयमा तिलाठी गाविसका स्थानियहरु बिभिन्न रोगको संक्रमणबाट पिडीत बनेपछि जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीले स्वास्थ्य शिबिर सञ्चालन गरेको थियो ।
यस बर्षपनि बस्तीमा पानी जमेर रोगको संक्रमण फैलिने सम्भावना रहेकोले बाढी प्रभाबित गाविसहरुमा स्वास्थ्य शिबिर सञ्चालन गर्नु आवश्यक रहेको स्थानियहरुको भनाई छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ