News Category 2080/10/24
लोसपा संसदीय दलका नेता शर्माको सेवासुविधा रोक्का
दैनिक समाचारदाता
जनकपुर, २४ माघ ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का मधेस प्रदेशसभा संसदीय दलका नेता अभिराम शर्माको सेवासुविधा रोक्का गरिएको छ । मधेश प्रदेशसभा सचिवालयले माघ महिनादेखि उनको सेवासुविधा रोक्का गरिएको सभामुख रामचन्द्र मण्डलले जानकारी दिएका छन् ।
महोत्तरी जिल्ला अदालतले २८ मंसिरमा शर्मासहितलाई २०७२ को मधेश आन्दोलनमा मारिएका सशस्त्र प्रहरीका असई थमन विक हत्या प्रकरणमा जन्मकैदको सजाय सुनाएको थियो । फैसलाकै बेलादेखि प्रदेश सांसद शर्मा फरार छन् । उनी राष्ट्रिय सभाको चुनावमा मतदानमा समेत भाग लिएनन् ।
सभामुख मण्डलका अनुसार गत माघ १४ गते प्रदेशसभा सचिवालयमा एक कापर थरका व्यक्तिले फैसलाको प्रतिलिपीसहित उजुरी दिँदै प्रदेश सांसद शर्माको पद निलम्बन र सेवासुविधा रोकाको माग गरेका छन् । यद्दपी अदालतबाट फैसलासहितको पत्र औपचारिक रुपमा प्रदेशसभामा आएको छैन ।
अदालतबाट फैसलासहितको पत्र आएपछि अथवा ७० दिनकटेपछि उनलाई निलम्बन गर्ने सभामुख मण्डलले बताए । सभामुख मण्डलले भने, “अदालतबाट फैसलाको पत्र औपचारिक आयो भने निलम्बन हुन्छ । नभए ७० दिन कटेपछि उहाँको पद निलम्बन हुन्छ ।’
शर्मा महोत्तरी क्षेत्र नं. ३ (क)बाट दोश्रो पटक प्रत्यक्ष निर्वाचित छन् । यसअघि २०७४ को निर्वाचनमा सोही क्षेत्राट जितेका शर्मा मुख्यमन्त्री लालबाबु राउतको सरकारमा सामाजिक विकास राज्यमन्त्री बनेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ