News Category 2071/10/08
मोर्चा र एमाले कार्यकर्ताबीच झडप, एक घाइते
दैनिक संवाददाता
राजविराज, ७ माघ ।
एमाओवादी, मधेशवादी दलसहितको मोर्चा र नेकपा एमाले सप्तरीका कार्यकर्ताबीच बुधबार भएको झडपमा एक जना एमाले कार्यकर्ता घाइते भएका छन् ।
एमाले पार्टी कार्यालय सप्तरीमा मंगलबार भएको आगजनीको घटना बिरोधमा जुलुस प्रदर्शन गर्ने क्रममा एमाले जिल्ला सदस्य सप्तरीको कुशहा गाविस ४ का सुभक लाल राम ढुंगा लागि घाइते भएका हुन् ।
उनलाई तत्कालै राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ ।
एमालेका नेता तथा कार्यकर्ताहरु सम्मिलित जुलुसले नगर परिक्रमा गर्ने क्रममा राजविराजस्थित जनआन्दोलन चौकमा मोर्चाका कार्यकर्ताहरुले गरेको बिरोध पश्चात् भएको ढुंगामुढामा एमाले जिल्ला सदस्य शुभकलाल राम घाइते भएका हुन् ।
यसैबीच सप्तरी प्रहरीले मोर्चा र एमाले कार्यकर्ताहरुलाई मुठभेड हुन नदिन अत्यन्त बल प्रयोग गरेको थियो । प्रहरीको सम्यमताका कारण सो स्थानमा अन्य कुनै अप्रिय घटना हुन सकेन् । करिब आधा घण्टासम्म प्रहरीले दुबैका कार्यकर्ताहरु घेराबन्दी गरि रोकेको थियो ।
सो पश्चात् एमाले जुलुस आफ्नो गन्तव्य परिवर्तन गरि फर्केको थियो । जुलुस फर्के पश्चात् मोर्चाले कोणसभा गरेको थियो ।
सो कोण सभामा सदभावना पार्टीका केन्द्रिय सदस्य दिपेन्द्र चौधरी, जिल्ला अध्यक्ष सुनिल कुमार झा, युवा नेता दिनेश कुमार यादव, विद्यार्थी मंचका केन्द्रिय अध्यक्ष किशोर कुमार यादव, राष्ट्रिय मधेश समाजवादी पार्टीका जिल्ला अध्यक्ष गजेन्द्र कुमार मण्डल, मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका सत्य नारायण यादव, फोरम नेपालका जिल्ला अध्यक्ष दिनेश यादव, फोरम गणतान्त्रिकका अध्यक्ष नरेन्द्र यादव, नेकपा–माओवादीका दिपेन्द्र माझी, राष्ट्रिय मधेश समाजवादी पार्टीका युवा नेता तेज नारायण यादव, तराई मधेश अभियानका आरडी आजाद, फोरम नेपालका युसुफ अलि, एमाओवादीका नगर कमिटिका केदार देव, युवा नेताहरु तारकेश्वर यादव, हुलसित कुमार यादव, विद्यार्थी फोरमका श्याम कुमार यादव, ईटा ब्यवसायी संघका अध्यक्ष भिमराज यादव, सद्भावना पार्टीका क्षेत्रिय अध्यक्ष लक्ष्मण यादव, युवा नेता भुपेन्द्र यादव लगायतका बक्ताहरुले आ–आफनो धारणा राख्नुभएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ