News Category 2071/10/09
अनुपमाको हत्या गरियो ः पीडित परिवार
दैनिक संवाददाता
राजविराज, ८ माघ ।
श्रीमान, जेठी श्रीमति, सासु र ससुरा मिलेर अनुपमा साहको मट्टितेल खन्याई जलाएर हत्या गरेको परिवारजनले आरोप लगाएका छन ।
राजविराज नगरपालिका ५ निवासी रामानन्द साह, उनकी श्रीमति रेणु देवी साह र भाई रंजित साहले नेपाल पत्रकार महासंघमा पत्रकार सम्मेलनको आयोजना गरी सो आरोप लगाएका हुन ।
अनुपमाको मलेकपुर ३ बस्ने बैजनाथ साहसँग २०६९ बैशाख ४ गते हिन्दु परम्परा अनुसार राजविराजस्थित राजदेवी मन्दिरमा दोश्रो विवाह भएको थियो ।
बैजनाथको पहिलो बिहे बिणा देवी साहसँग भएको थियो भने बिहे भएको १७ वर्षसम्म पनि कुनै सन्तान नभएपछि दोश्रो विवाह अनुपमासँग भएको थियो ।
बिवाह पश्चात बैजनाथकी जेठी श्रीमति बिणा देवी सन्यास भई बाहिर बस्दै आएकी थिइन् । पछि मलेकपुरमा आएर आप्mनो अनुपमालाई पटक पटक सौता बिणाले कुटपिट तथा घरबाट निकाला समेत गर्दै आएको मृतकका दाई रंजितले आरोप लगाएका छन् ।
यस्तै अनुपमाकी आमा रेणु देवी साहले छोरी गर्भवति भएपछि बिचमा केही दिन राम्ररी मान्न थालेपछि विगत ५ महिना अघि छोराको जन्म भयो र त्यसपश्चात माघ ४ गते बिहान अन्दाजी ४ बजे बिहान मलेकपुर ३ निवासी राम स्वरुप साह, श्रीमान बैजनाथ साह र उनका जेठी श्रीमति बिणा देवी साह सहित मिलेर आप्mनो छोरीलाई जिउँदै मट्टीतेल खन्याई आगो लगाई हत्या गरेको आरोप लगाएकी छिन् । मट्टीतेल खन्याउँदा अनुपमाको पुरै शरीर जलिसकेको अवस्थामा राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमा भर्ना गरे पश्चात् त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि धरान लगिदा धरानमै मृत्यु भएको मृतककी आमाले बताईन ।
मृत्यु पश्चात अनुपमालाई धरानमै पोष्टमार्टमस गरी मलेकपुरमा अन्तिम दाह संस्कार गर्दा पनि पीडित माईती पक्षलाई कुनै जानकारी नगराएको मृतककी आमाको आरोप छ ।
यस्तै सो सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सप्तरीमा उजुरी दिँदा प्रहरीले उक्त महिलाको हत्या नभएको भन्दै आत्महत्या भएको भन्दै उजुरी समेत दर्ता गर्न नमानेको पीडित पक्षको आरोप छ ।
यसैबिच सो सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रबक्ता एवं डिएसपी केदार ढकालले अनुपमाको घटनाको बास्तविकता बुभ्mने कार्य गरिदै आएको बताउँदै अनुसन्धान पछि हत्या हो की आत्महत्या भन्न सकिने बताउँदै प्रहरी अनुसन्धान कार्यमा खटिएको जानकारी दिनुभयो ।
यता पीडितका परिवारजनले आप्mनो छोरी अनुपमाको हत्याको बास्तविक छानबिन हुनुपर्ने तथा दोषीमाथि आवश्यक कानुनी कार्बाही हुनुपर्ने जोडदार माँग गरेका छन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ