News Category 2071/10/09
अनुपमाको हत्या गरियो ः पीडित परिवार
दैनिक संवाददाता
राजविराज, ८ माघ ।
श्रीमान, जेठी श्रीमति, सासु र ससुरा मिलेर अनुपमा साहको मट्टितेल खन्याई जलाएर हत्या गरेको परिवारजनले आरोप लगाएका छन ।
राजविराज नगरपालिका ५ निवासी रामानन्द साह, उनकी श्रीमति रेणु देवी साह र भाई रंजित साहले नेपाल पत्रकार महासंघमा पत्रकार सम्मेलनको आयोजना गरी सो आरोप लगाएका हुन ।
अनुपमाको मलेकपुर ३ बस्ने बैजनाथ साहसँग २०६९ बैशाख ४ गते हिन्दु परम्परा अनुसार राजविराजस्थित राजदेवी मन्दिरमा दोश्रो विवाह भएको थियो ।
बैजनाथको पहिलो बिहे बिणा देवी साहसँग भएको थियो भने बिहे भएको १७ वर्षसम्म पनि कुनै सन्तान नभएपछि दोश्रो विवाह अनुपमासँग भएको थियो ।
बिवाह पश्चात बैजनाथकी जेठी श्रीमति बिणा देवी सन्यास भई बाहिर बस्दै आएकी थिइन् । पछि मलेकपुरमा आएर आप्mनो अनुपमालाई पटक पटक सौता बिणाले कुटपिट तथा घरबाट निकाला समेत गर्दै आएको मृतकका दाई रंजितले आरोप लगाएका छन् ।
यस्तै अनुपमाकी आमा रेणु देवी साहले छोरी गर्भवति भएपछि बिचमा केही दिन राम्ररी मान्न थालेपछि विगत ५ महिना अघि छोराको जन्म भयो र त्यसपश्चात माघ ४ गते बिहान अन्दाजी ४ बजे बिहान मलेकपुर ३ निवासी राम स्वरुप साह, श्रीमान बैजनाथ साह र उनका जेठी श्रीमति बिणा देवी साह सहित मिलेर आप्mनो छोरीलाई जिउँदै मट्टीतेल खन्याई आगो लगाई हत्या गरेको आरोप लगाएकी छिन् । मट्टीतेल खन्याउँदा अनुपमाको पुरै शरीर जलिसकेको अवस्थामा राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमा भर्ना गरे पश्चात् त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि धरान लगिदा धरानमै मृत्यु भएको मृतककी आमाले बताईन ।
मृत्यु पश्चात अनुपमालाई धरानमै पोष्टमार्टमस गरी मलेकपुरमा अन्तिम दाह संस्कार गर्दा पनि पीडित माईती पक्षलाई कुनै जानकारी नगराएको मृतककी आमाको आरोप छ ।
यस्तै सो सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सप्तरीमा उजुरी दिँदा प्रहरीले उक्त महिलाको हत्या नभएको भन्दै आत्महत्या भएको भन्दै उजुरी समेत दर्ता गर्न नमानेको पीडित पक्षको आरोप छ ।
यसैबिच सो सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रबक्ता एवं डिएसपी केदार ढकालले अनुपमाको घटनाको बास्तविकता बुभ्mने कार्य गरिदै आएको बताउँदै अनुसन्धान पछि हत्या हो की आत्महत्या भन्न सकिने बताउँदै प्रहरी अनुसन्धान कार्यमा खटिएको जानकारी दिनुभयो ।
यता पीडितका परिवारजनले आप्mनो छोरी अनुपमाको हत्याको बास्तविक छानबिन हुनुपर्ने तथा दोषीमाथि आवश्यक कानुनी कार्बाही हुनुपर्ने जोडदार माँग गरेका छन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ